Friday, February 10, 2017

हरेक घातक रोगहरुको एउटै बिकल्प डबल स्टिम सेल

Double stem cell product for several disease.
 
नेपाली भाषामा बिरामी शब्द बिरामबाट बनेको हो । अर्थात् कही न कही, केही न केही, जानअन्जानमा बिराम (गल्ती) गरेपछिको अस्वस्थतालाई बिरामी भनिएको हो ।
   
‘व्यक्ति स्वस्थ हुनु वा अस्वस्थ हुनुमा सरकार, समाज, परिवार र व्यक्ति स्वयम्कै पनि जिम्मेवारी हुन्छ । सरकारले आफ्नो ठाँउबाट गर्न सक्ने काम गरिरहेकै छ । स्वस्थ रहन व्यक्ति स्वयम् पनि आफ्नो जिम्मेवारीबाट चुक्नु हुदैन ।’

  धुम्रपान, मद्यपान स्वास्थ्यकोलागि हानिकारक हो । तर पनि व्यक्तिहरुले धुम्रपान, मद्यपान गरिरहेकै छन् ।
हरेक व्यक्तिको दैनिकी निगरानी गर्ने भनेर सरकारले व्यक्ति पिच्छे डाक्टर वा प्रहरी खटाउन पनि त सक्दैन । केही डाक्टर र प्रहरी स्वयम् पनि धुम्रपान, मद्यपान गर्नेमा पर्छन् । रोग लाग्नु भनेको हाम्रो शरिरको अत्यबश्यक  कोषहरु निश्कृय हुनु हो,  अर्थात आमाकोष ( Stem Cell) बिरामि, घाइते वा मृत्यु हुनु हो । जसको कारण शरिरमा फरक फरक रोगका लक्षणहरु देखा पर्न थाल्दछन ।

अनुसन्धानले भन्छ – संसारमा खाना खान नपाएर भन्दा खाना खान नजानेर बढी व्यक्तिहरु मर्ने गर्दछन् ।

‘जिवनमा खानु पर्छ, पिउनु पर्छ, मोज गर्नु पर्छ । रोग लागेपछि डाक्टर, औषधि र  अस्पताल छदै छ’ भन्ने धारणाले ग्रसित आजका नेपालीहरुमा युवा उमेरमै क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदीको बीजारोपन गरिरहेका छन् ।

हाम्रो देशमा मात्र होइन संसारभर डाक्टर, अस्पताल र औषधीको कमी छैन तर रोगीहरु जताततै देखिन्छन् । धेरै अस्पताल, धेरै डाक्टर र धेरै औषधी भएपछि त रोगीहरु कम हुनुपर्ने । उल्टो औषधी, अस्पताल र डाक्टर बिना बाँच्न नसक्ने स्थितिमा हामी पुगेका छौ । घर घरमा रोगै रोग छ ।

स्वास्थ्य आफैमा बहुनिर्धारक तत्व हो । नेपाली समाजमा अझै पनि रोग लाग्ने प्रमुख कारणहरुमा अस्वस्थकर बानीब्यहोरा नै प्रमुख रहेको देखिन्छ । स्वास्थ्य सेवा विभागको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार ओपिडीमा आउने बिरामीहरुमा निदान हुने प्रमुख १० वटा रोगहरु सबैजसो जिवनशैलीसँग सम्बन्धित देखिन्छ । जस्तै श्वासप्रश्वासको संक्रमण, ग्याष्ट्राइटिस, पेटमा जुका पर्नु, टाइफाइड, पखाला, अाँखाको संक्रमण, लुतो आदी । उल्लेखित रोगहरु सन्तुलित खानपान तथा व्यक्तिगत सरसफाइमा ध्यानदिँदा बच्न सकिने रोगहरु हुन् ।

भनिन्छ, स्वास्थ्य नै धन हो । मान्छे स्वस्थ नभई जिवनका अन्य क्रियाकलाप गर्न नसकिने भएकोले स्वास्थ्यलाई विश्व समुदायले पहिलो प्राथमिकताका रुपमा अघि सारेको छ । यति हुँदाहुँदै पनि स्वास्थ्यको सम्पूर्ण ग्यारेन्टी न डाक्टरले गर्न सकेको छ, न अस्पतालले, न सरकारले न त विश्व स्वास्थ्य संगठनले नै ।
कतिपय रोगको औषधी नै पत्ता लाग्न सकेको छैन भने पत्ता लागेका कतिपय एन्टिबायोटिक्स पनि निस्प्रभावी हुन थालेको छ । त्यसैले अस्पताल पुगेका सबै बिरामी सकुशल स्वस्थ भएर घर फर्किने अवस्था रहेन अब । तर समस्या सँगै समाधानहरुको पनि खोजि भइरहेको छ यसै क्रममा स्विजरल्यान्डका डक्टर फ्रेड जुलिले malus domestica जातको स्याउमा मानब शरिरमा मिलदो स्टेम सेल पत्ता लगायका छन । जसले हामिलाइ बिभिन्न घातक रोगहरुबाट बचाउन मद्दत पुर्याउँछ ।

कतिपयले अङग्रेजीमा भवेल (ए इ आइ ओ यू) बिना शब्द, वाक्य बन्न नसके जस्तै चिकित्सा विज्ञानमा पनि भवेल बिना उपचार प्रणाली पुरा नहुने स्थिति आइसकेको ब्यङ्ग्य गर्छन् ।

जसमा ‘ए’ भनेको एन्टिबायोटिक

बिरामी अस्पताल गयो कि एन्टिबायोटिक लेखिदिने प्रचलन छ । यसमा स्वास्थ्यकर्मीको मालप्राक्टिस र बिरामीको अपेक्षा दुबैले भुमिका खेल्छ । आवश्यक–अनावश्यक एन्टिबायोटिकले काम लाग्ने किटाणु (नर्मल फ्लोरा) मारेर शरीरलाई झन् कमजोर बनाउन सक्छ भन्ने कुरा आम नेपालीलाई थाहै छैन ।

‘इ’ भनेको इसिजी लगायतका आवश्यक–अनावश्यक ल्याब टेष्ट

डाक्टरले बिरामीलाइ पाँच मिनेट बढी समय दियो भने बिरामीको पाँच हजार जोगिन सक्छ । तर अस्पतालको ब्यापारिक लगानी पनि त उठाउनका लागि अनावश्य ल्याब टेष्ट गर्न लगाउने प्रचलन बढ्दै गएको छ  ।

‘आइ’ बाट इन्जेक्सन

आज भोली केही भयो की इन्जेक्सन लगाइदिने गरेको पाइन्छ । यसबाट भएन भने शल्यक्रिया छँदै छ ।

‘ओ’ बाट अप्रेशन

अप्रशनबाट पनि नभए

‘यू’ बाट अनटाइमली डेथ (असामयिक निधन)

हरेक मान्छे भित्र एक जना डाक्टर हुन्छ । त्यो हो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) । शरीर उक्त प्राकृतिक प्रणाली मार्फत् आफ्नो उपचार आफै गरिरहेको हुन्छ । शरीरको स्वभाव हो स्वस्थ हुनु । औषधी, अस्पताल, डाक्टरले वातावरण मिलाइदिने काम मात्र गर्छन् ।

सबैलाइ थाहा भएको कुरा हो, समान परिस्थितिमा पनि केही व्यक्ति छिट्टै बिरामी हुन्छ भने कोही व्यक्ति बलियो रोग प्रतिरोधात्मक शारीरिक क्षमता भएको कारण लामो समयसम्म बिरामी पर्दैन ।

त्यसोभए रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने उपाय के त ? 

व्यक्तिगत, पारिवारिक तर्पmबाट ‘रोग लाग्नै नदिन’ निम्नलिखित केही सामान्य उपायहरु अपनाउन सकिन्छ । यी सामान्य लाग्ने उपायहरुको फाइदा जान्न कुनै वैज्ञानिक खोज, शोध र अनुसन्धान नै पढ्नुपर्छ भन्ने छैन । अनुभूुति गरेर जान्न सकिन्छ ।

१) धुम्रपान र मद्यपान पूर्ण रुपमा त्याग्नुहोस्

निश्चित मात्रा अल्कोहल ले     फाइदा गर्छ भन्ने गरिन्छ तर जैविक बिविधता व्यक्ति पिच्छे फरक हुने र अल्कोहल अप्राकृतिक वस्तु भएकोले सेवन नगर्नु नै बेस हुन्छ । धुम्रपान तथा सूर्ती सेवन नगर्नुहोस् । यसले केवल मृत्यू निम्त्याउँछ ।

२) साबुन पानीले हात धुनुहोस्

चर्पी प्रयोग गरिसकेपछि, खाना बनाउनु र खानु–खुवाउनु अघि, काम गरेर आएपछि साबुुन पानीले अनिवार्य हात धुनुहोस् । धेरै रोगबाट बच्न सक्नुहुन्छ ।

३) प्रयाप्त सुत्नुहोस्

दिनमा कम्तिमा ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ । निद्राका कारण मधुमेह, उच्च रक्तचापलगायत मानसिक समस्या निम्तिन सक्छ  । जुवा, तास, मोजमस्तिका लागि निद्रा नबिगार्नुहोस् ।

४) नियमित व्यायाम गर्नुहोस्

बिहान १ घन्टा योग, प्रणायाम, व्यायामका लागि छुट्टयाउनुहोस् । यसले तन्दुरुस्ती र तौल नियन्त्रण दुबै हुन्छ ।

५) प्राकृतिक जडिबुटी

हाम्रो घर वरिपरी उब्जिने सम्पूर्ण वनस्पति हाम्रै लागि प्रकृतिले डिजाइन गरेको छ । अदुवा, तुलसी, लसुन, मरिच, हल्दी, एलोवेरा, कागती, मह, अमला उपलब्ध भएसम्मसेवन गर्नुहोस् ।

६) पर्याप्त पानी पिउनुहोस्

७) सन्तुलित आहार लिनुहोस्

आहार शरीरको कच्चा पदार्थ हो । अन्न, फलफूल, मौसम अनुसारको रंगीन सागसब्जी, दही, मही, सलाद आदी खाने गर्नुहोस् । सामान किन्न पर्याप्त जानकारी लिनेगरे जस्तै मुखमा आहार हाल्नु अघि स्वस्थकर भए नभएको बिचार गर्ने गरौं ।

८) तनावमुक्त रहनुहोस्

दैनिक हास्नुहोस् र हसाउनुहोस । आवश्यक्ता भन्दा बढी चिन्ता, रिस, डर नलिनुहोस् । यसले शरीरलाई निकै हानी गर्छ । परिवारलाई समय दिनुहोस् र मनोरञ्जन पनि गर्नुहोस् ।

९) सकारात्मक बन्नुहोस्

जिवनको हरेक घटनामा नकारात्मक र सकारात्मक पक्ष हुन्छन् । जिनवका हरेक क्षणलाई सकारात्मक बनाउनु होस् । सकारात्मक सोचाईले सफलता र स्वस्थता दुबै मिल्छ  ।

१०)  सरसफाइ

व्यक्तिगत, सामुदायिक, घर÷अफिस सबैतिर प्रयाप्त सरसफाइ सुनिश्चित गर्नुहोस् । पर्यावरण जोगाऔ र आफू पनि बाँचौ ।

११) स्वास्थ्य शिक्षा

स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कुराहरु विभिन्न माध्यमहरु (रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, स्वास्थ्यकर्मी) बाट सिक्नुहोस्े र त्यसलाई जिवनमा लागू गर्नुहोस ।

१२) समाजसँग जुड्नुहोस

सामाजिक काममा सहभागि हुने, चासो लिने, योगदान दिने, मित्र बनाउने, छिमेकी–आफन्तसँग सम्बन्घ सुधार्ने, सहयोग लिनेदिने कार्यले मानसिक तथा सामाजिक स्वास्थ्य लाभ लिन सकिन्छ । यसले तपाई आनन्द पनि दिनेछ ।

१३) स्वास्थ्य परीक्षण

संभव भए नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्,नियमित डबल स्टेम सेलको प्रयोग गर्नुहोस ।उल्लेखित सम्पूर्ण कुराहरु दिनचर्यामा समाबेश गरेर जो कसैले पनि आफ्नो रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउनुका साथै समय, पैसा, उर्जाको बचत गरेर निरोगी जिवनको आनन्द लिन सक्छ । रोग लाग्दै लाग्दैन भन्ने होइन तर ठूलो आर्थिक क्षति गराउने अनि ज्यानै जोखिममा पार्न सक्ने रोगहरुबाट धेरै हदसम्म बच्न सकिन्छ ।
नेपालमा डबल स्टेम सेल प्रोडक्ट प्रयोग तथा अर्डरको लागि हामिलाइ सम्झिनुनुहोस । हामि निरन्तर तपाँइको सेवामा समर्पित छौ ।
सम्पर्क ।
सबिन खड्का
फोन: - 9861902202
पुस्कर खड्का
फोन: - 9840188547
Email- puskarkhadka414@gmail.com

Thursday, February 9, 2017

डबल स्टेम सेल प्रयोगको कारण, मधुमेह रोग पुर्ण रुपमा निवारण _

हामीले खाएको खाना आमासयमा पुगेपछि हाइड्रोक्लोरिक अम्ल (hydrochloric acid) र खानलाई छिट्टै गलाउन सक्ने अन्य थुप्रै रासायनतत्त्वहरु (Enzymes) मिलेर गलाउँछन्। गल्नु भनेको खानाका ठुलाठुला अणुहरु मसिना बन्नु हो अथवा ग्लुकोस (Glucose) भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो। यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं। खाएको खाना आमासयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ। सानो आन्द्राको भित्रपट्टी भिली (Villi) भन्ने मसिना छिद्रहरु र रगत रेसाहरु (blood capillaries) हुन्छन्। तिनीहरुले ग्लुकोस बनेको खानालाई बिस्तारै सोसेर लिन्छन, र त्यो खाना मूल रक्त-प्रवाह क्षेत्र (bloodstream) मा मिसिन्छ।

यसरी रगतमा पुगेको ग्लुकोस यदि शरीरलाई तत्काल शक्तिको अवश्यक छ भने तत्काल शक्तिमा परिणत हुन्छ, तत्काललाई चाहिएको छैन भने पछिको लागी संचित भएर बस्छ। ग्लुकोस संचित हुँदा ग्लीकोगेन (glycogen) भनिने ढिक्का जस्तै बनी मुख्यतया कलेजो (liver) र माँसपेसि  (muscles) मा संचित हुन्छ।

तर रगतमा प्रवेश गरेको उक्त ग्लुकोस इन्सुलिन (Insulin) भन्ने रासायन (hormone) बिना तत्कालै शक्तिमा परिणत हुन पनि सक्दैन, अनि संचित हुन पनि सक्दैन।

हाम्रो शरीरमा आमासयको तल्लो भागमा सानो-आन्द्रा, कलेजो, फियो, (spleen) पित्त-थैली, आदिले घेरिएर रहेको प्याङक्रीअस (Pancreas) भन्ने करिब ६ इन्च लामो गाजर जस्तैजस्तै आकारको अंग हुन्छ। यसमा बिभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने islets of Langerhans भन्ने क्षेत्र हुन्छ, जसमा Alpha Cells, Beta Cells लगायतका लाखौँ कोषहरु हुन्छन्। यी islets पत्ता लागाउने जर्मन बौज्ञानिकको नाम Langerhans भएकोले यस्तो नाम रहन गएको हो। Alpha Cells ले मुख्यतया ग्लुकोगन (glucagon) नामक हार्मोन उत्पादन गर्दछन् भने Beta Cells ले इन्सुलिन (insulin) नामक हार्मोन उत्पादन गर्दछन्।

हामीले खाना खाएपछि खानाको प्रकार अनुसार रगतमा चिनीको मात्रा बढ्छ। बढी कार्बोहाइड्रेडयुक्त खानाहरु जस्तै:- भात, रोटी, आलु आदि खाइयो भने रगतमा चिनीको मात्रा प्रसस्तगरी बढ्छ, अन्य प्रकारका खाना खाँदा ठिकैले बढ्छ। रगतमा बढेको चिनीको मात्राको अनुपातमा Beta Cell ले प्याङक्रीअसलाई insulin उत्पादन गर्ने निर्देशन दिन्छन्। त्यसको ठिक बिपरित हामीले लामो समय खाना नखाएर यदि रगतमा चिनीको मात्रा घट्यो भने Alpha Cells ले प्याङक्रीअसलाई ग्लुकागन (glucagon) उत्पादन गर्ने निर्देशन गर्दछन्। glucagon ले कलेजो आदिमा संचित रहेको शक्ति ग्लिकोगन (glycogen) लाई glucose मा बदली रगतमा पठाई चिनीको मात्रा बढाउँछ अथवा परिपूर्ति गर्दछ। यस प्रकार यी दुई प्रकारका कोष (Alpha Cells र Beta Cells) हरुको सतर्कतापूर्बकको नियमित काम गराइले स्वस्थ मानिसको रगतमा चिनीको मात्रा ठिक्क ( Balanced) को बनेको हुन्छ।

प्याङक्रीअसले insulin र glucagon को साथै अन्य खाना पचाउने लगायतका रासायन (Enzyme) हरु उत्पादन गरी आमासय र डुडेनममा पठाउने काम पनि गर्दछ।

हाम्रो शरीरका कोषहरूमा एक प्रकारका ढोका हुन्छन्। जब प्याङक्रीअसबाट इन्सुलिन निस्कन्छ उक्त इन्सुलिन रगतमार्फत गएर हरेक कोषहरुलाई खाना आयो, ढोका खोल भन्छ, अनि कोषहरुले ढोका खोल्छन र ग्लुकोस भित्र जान्छ। यसरी भित्र गएको ग्लुकोस तत्काल शक्ति चाहिनेभए कोषहरुले तत्कालै प्रयोग गर्दछन, नत्र पछि प्रोयोग गर्नको लागी संचय गर्दछन्। रगतमा भएको ग्लुकोस कोषहरूमा गैसकेपछि रगतमा ग्लुकोसको मात्रा स्वतः घट्दछ। यो घटेको कुरा Beta cCells हरुले नै तुरुन्त प्याङक्रीअसलाई खबर गर्दछन, र यसले पनि इन्सुलिन उत्पादन गर्ने गतिलाई घटाउँछ।तसर्थ यसलाइ पुन कृयासिल बनाउन डबल स्टेम सेलले अहम् भुमिका निर्बाह गर्दछ ।

रगतमा ग्लुकोसको मात्रा हामीले खाने बस्तुको प्रकार, मात्रा र समयको आधारमा उही दिनमा पनि धेरै पटक घटबढ हुन्छ। साधारण अवस्थामा हाम्रो रगतमा प्रति डेसिलिटर ७०-१२० मिलिग्राम ग्लुकोसको मात्रा हुनु पर्दछ। त्यो भन्दा बढी भए चिनीरोग लाग्दै गरेको वा लागेको मान्नु पर्दछ। रगतमा चिनीको मात्रा जतिजति बढी हुन्छ चिनीरोग (Sugar) को अवस्था पनि त्यति नै जटिल भएको बुझ्नु पर्दछ।

खाना खानेबित्तिकै भने चिनीरोग नै नलागेको व्यक्तिको रगतमा पनि यो मात्रा १८० सम्म पुग्न सक्छ। तर खाना खाएको २ घण्टाभित्रमा भने यो मात्रा घटेर १४० मा ओर्लेको हुनु पर्दछ।

जब रगतमा चिनीकोमात्रा १८० भन्दा बढी हुन्छ, त्यो बढी हुन आएको चिनीको मात्रा मृगौलाले पिसाब मार्फत फालिदिन्छ। खानाबाट प्राप्त हुने चिनीको मात्रा भाँडामा पानी खन्याएझैँ तुरुन्तै जम्मा हुने त होइन, बिस्तारैबिस्तारै घन्टौंको समयमा हुने हो। चिनी बिस्तारै रगतमा प्रबेस गर्दछ, रगतमा यसको मात्रा बढ्छ, अनि मृगौलाले पिसाबमार्फत फालिदिन्छ। त्यही भएर चिनी रोग लागेका व्यक्तिहरुलाई छिनछिनमा पिसाब आउँछ।

चिनी फालिनु भनेको शरीका कोषहरुको बृधि बिकास गराउन, हानीकारक ब्याक्टेरिया, भाइरस, रोगब्याधसंग लड्न, घाउचोट निको गराउन मुख्य भूमिका खेल्ने प्रोटिन तथा शरीरलाई बिभिन्न कार्यको लागी चाहिने अन्य पौष्टिक पदार्थ फालिनु पनि त हो। त्यसैले शरीरले यस्ता पदार्थ नपाउंदा चिनी रोग लागेको व्यक्तिलाई बढी भोक लाग्ने, ऊ दुब्लाउँदै जाने, थकित महसुस गर्ने, आँखा धमिलो देख्ने, घाउ निको नहुने, छाला फुट्ने, महिलाहरुलाई घरीघरी योनी चिलाउने आदि समस्या हुन्छन्। यस्ताो अबस्थामा पेङ्कृयाज ग्रन्थि ले पुन ईन्सुलिन उत्पादन गर्न त्यसमा मृत भयका कोषहरुको पुन निर्माण , नब निर्माण, घाइते कोषहरुलाइ सकृय बनाउन को लागि डबल स्टेम सेल को प्रयोग गर्नु जरुरि छ ।

त्यसको अतिरिक्त रगत मार्फत प्रयाप्त थप खाना प्राप्त नहुँदा कोषहरुले संचित शक्ती खर्च गर्नु पर्दछ। यहाँनेर शरीरमा संचित बोंसोरुपी शक्ति प्रयोग भएको ठिकै होइन र भन्ने प्रश्न उठ्न सक्छ। तर शरीरको संयन्त्र त्यसरी चल्दैन। संचित शक्ती धेरै मात्रामा खर्च भयो भने शरीमा केटोनेस् (ketones) भन्ने बिकार (byproduct) निस्कन्छ। धेरै मात्रामा ketones निस्कने अवस्थालाई Diabetic Ketoacidosis (DKA) भनिन्छ, जसले जीवन नै खतरामा पार्न सक्छ। सामान्यतया Type-1 Diabetes हुने व्यक्तिलाई यस्तो अवस्था आउन सक्छ।

मधुमेह हुने एकएक कारणहरु त अहिलेसम्म पनि पत्ता लागेका छैनन्। तथापि समग्र रुपमा भन्नु पर्दा हामीले खाएको खाना पाचन भई, रगतसंग मिसिएर शरीरका कोषहरूमा पुगी शक्तिमा परिणत हुने प्रक्रिया अन्तर्गत कतै न कतै केही न केही संयन्त्र नमिल्दा वा अस्वाभाविक प्रतिक्रिया हुँदा चिनिरुपी शक्तिबर्द्धक तत्व रगतमै रहनुले मधुमेह हुनजान्छ।

अहिलेसम्ममा मधुमेह हुने मुख्यतया ३ कारण पत्ता लागेका छन्। हामीले खाना खाएपछि रगतमा बढ्ने चिनीको मात्राको अनुपातमा प्याङक्रीअसले इन्सुलिन उत्पादन गर्न नसक्नु, इन्सुलिन उत्पादन गर्ने Beta Cells नै शरीरमा हुने अन्य बिबिध रासायनिक प्रतिक्रिया हुँदा गल्तीले मारिनु, र यस्तै कुनै अन्जान प्रतिक्रियाले गर्दा शरीरका कोषहरुले नै इन्सुलिंलाई नचिन्नु वा इन्सुलिनप्रति सही प्रतिक्रिया नजनाउनु।

मधुमेहका मुख्यतया ३ अवस्था हुन्छन्। शरीरका कोषहरूले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था (Pre-diabetes) भनिन्छ। त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोसको अनुपातमा प्याङक्रीअसले प्रयाप्त इन्सुलिन उत्पादन गर्न नसक्नुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्न कोटीको मधुमेह (Type-2 Diabetes) भनिन्छ, र शरीरमा हुने बिभिन्न रासायन संयन्त्र तथा रासायनिक प्रतिक्रिया हुँदा अस्वाभाविक गल्तिको कारणले प्याङक्रीअसलाई इन्सुलिन उत्पादन गर्न निर्देशन दिने Beta Cells निमिट्यान्न भएर इन्सुलिन नै उत्पादन नभएर रगतमा चिनीको मात्रा बढेर हुने मधुमेहलाई उच्चकोटीको (Yype-1 Diabetes) भनिन्छ। यसरि सुरुवाति अबस्था देखिनै सरिरमा नस्कृय सेलहरुलाइ सकृय बनाउनको लागि मलेसियाको फाइटोसाइन्स कम्पनिले सन् 2012 देखि बिश्व बजारमा ल्यायको डबल स्टेम सेल प्रोडक्टको नियमित प्रयोग गर्नु गराउन पर्दछ ।

साथै गर्भ बोकेको अवस्थामा थुप्रै प्रकारका हार्मनहरु निस्किने र तिनीहरुका अनगिन्ति रासायनिक प्रतिक्रियाहरु हुने हुनाले यो अवस्थामा कतिपय महिलाहरुको रगतमा चिनीको मात्रा बढ्छ। यस्तो प्रकारको स्थितिलाई (Gestational Diabetes) भनिन्छ।यस्तो अबस्थामा पनि यस प्रोडक्ट पुर्ण प्राकृतिक (Malus Domestica)नामक स्याउको उत्पादन भयकोले प्रयोग गर्न सकिने छ ।

अहिलेकै अवस्थामा भन्दा Type-1 Diabetes निको हुने उपाय छैन, इन्सुलिनको सुई नियमित लगाइरहनु पर्छ। Type-2 Diabetes भोजनमा सुधारको साथै शारीरिक अभ्यास गर्दा क्षणिक रुपमा केही मात्रामा सुधार देखिए पनि कालान्तरमा यो पनि Type-1 Diabetes मा नै बदलिन्छ। Pre-diabetes र Gestational Diabetes को अवस्था भने नियमित सन्तुलित भोजन र शारीरिक अभ्यासले नियन्त्रण हुन सक्छ। सामान्यतया Type-1 Diabetes ४० बर्ष भन्दा कम उमेरमा, अझै प्रष्ट्याउनु पर्दा २० बर्ष भन्दा पहिले नै हुन्छ। Type-1 Diabetes लाई वंशाणुगत पनि भनिन्छ।

मधुमेहको प्रमुख संयन्त्र नै खानाको परिकार, त्यसले गर्दा शरीरमा उत्त्पन्न हुने रासायन, र ती रसायनहरुको अन्य थुप्रै रासायनिक प्रतिक्रियासंग सम्बन्धित हुन्छ। मान्छे मोटाउनु पनि यिनै कुराहरुसंग सम्बन्धित छ। त्यसैले आफ्नो आदर्श तौल भन्दा ४ कोलोसम्म बढी तौल हुँदासम्म उक्त बढी तौल नै मधुमेहको कारक बन्ने खासै सम्भावना हुँदैन, तर त्यो भन्दा जति बढी हुन्छ, त्यति नै मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ। उमेर छिप्पिंदै जाँदा साबधानी नअपनाए भुँडीको गोलाई पनि बढ्दै जाने भएकोले यो बेलामा Type-2 Diabetes हुने एकदम बढी सम्भावाना हुन्छ। यही कारणले गर्दा मधुमेहका रोगीहरुमध्ये ९०% मा Type-2 Diabetes छ भने १०% मा मात्र Type-1 Diabetes छ। तर यसको अर्थ सबै भोंड़ेहरुलाई मधुमेह हुन्छ अथवा ख्याउटेहरुलाई हुँदैहुँदैन भन्ने लागाउनु हुँदैन।

Imperial College of London का अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार यदि कसैले दिनको १ क्यान मात्रा कोकाकोला खान्छ भने उसलाई Type-2 Diabetes हुने सम्भाबना २२% ले बढ्छ। यसको अर्थ पनि कोकाकोला खाँदा चिनी रोग लाग्छ भन्नु भन्दा अप्राकृतिक गुलियोयुक्त बस्तु सेवनले चिनी रोगको संयन्त्रमा एकदम बल पुर्याउँछ भन्नु उपयुक्त ठहर्छ।

त्यस्तै Harvard University का अनुसन्धानकर्ताहरुले गर्भवती हुनु भन्दा पहिले जनावरको बोसोयुक्त मासु खाने महिलालाई गर्भवती हुँदा Gestational Diabetes हुन सक्ने बढी सम्भावना भएको कुरा पता लगाएका छन्।

यो रोगले पनि संसारलाई नै गालेको छ। अमेरिकाको ८.५% जनसंख्यालाई मधुमेह छ। कतिपय विख्यात डाक्टरहरुले त सबै अमेरिकनहरुले जचाउने हो भने यो १५% प्रतिशत सम्म उक्लिने अनुमान गरेका छन्। बेलायतको National Health Service अनुसार त्यहाँ पनि करिब ३८ लाख जनसंख्यालाई यो रोग लागेको छ, र २०३५ सम्ममा यो संख्या बढेर ६२ लाख पुग्ने आंकलन छ। एसियामा पनि यसको अवस्था भयाबह छ। नेपालमा पनि शहरीकरणको प्रभावले यो बढ्दो क्रममा छ। त्यसैले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नबाट बच्नु जरुरि छ । तसर्थ उपचारको लागि मात्र नभयर डबल स्टेम सेल प्रोडक्ट स्वस्थ ब्यक्तिले पनि दिनको १ स्याचेट प्रयोग गर्नाले  हाम्रो शरिरमा लुकेर रहेका रोगहरुबाट बच्न सकिन्छ । यस प्रोडक्ट कुनै निश्चित रोगको उपचार मात्र नभयर पुर्ण रुपमा कोषहरुको उपचारहुने भयकोले सबै  खाले रोगहरुको एउटै समाधान डबलस्टेम सेल को प्रयोग जरुरि छ । जुन प्रोडक्ट हाल नेपालि बजारमा उपलब्ध नभयपनि आबश्यकता अनुसार कसैले प्रयोग गर्न चाहेको खण्डमा अर्डर गरि उपलब्ध गराउन हामि सकिन्छ । जसका लागि सबिन खड्का - 9861902202 ,9840188547मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै आफ्नो डकुमेन्ट तथा बिष्तृत बिबरण पठाउनको लागि puskarkhadka414@gmail.com मा ईमेल पठाउन सक्नुहुनेछ ।

Wednesday, February 8, 2017

समाधान नहुने समस्या हुँदैन - पुस्कर खड्का

एकपटक राजकुमारीको गोडामा काँडा बिझेको देख्दा सम्राट अकबरलाई ज्यादै रिस उठेछ र वीरबललाई बोलाएर भनेछन्- "राजकुमारीको गोडामा काँडा बिझ्यो, आइन्दा त्यस्तो देख्न चाहन्न त्यसैले राज्यका सबै भूमिलाई छालाले ढाकिदिनु ।" बिचरा वीरबललाई फसाद पर्‍यो, नमानाँै जिउको सवाल थियो सम्राट रिसाए जे पनि गर्न सक्थे, मानौं राज्यभरि छाला ओछ्याएर साध्य हुने कुरो पनि थिएन । के गर्ने के गर्ने, अन्तमा उनले जुक्तिले काम लिएछन् र राजकुमारीको गोडामा छालाको जुत्ता बनाएर लगाइदिएछन् । टण्टै साफ न रहृयो बाँस न बज्यो बाँसुरी । तरिका जाने समस्या आफँै समाधान हुन्छ न जाने समाधान नै समास्या बन्न बेर लाग्दैन ।

प्रायः हामी टुप्पो काटेर समस्याबाट उन्मुक्ति पाउने प्रयास गरिरहेका हुन्छौं । समस्या फेदमा छ हामी टुप्पो काट्न हतारिन्छौं, समस्याभित्र छ उपचार बाहिर खोजिरहेका हुन्छौं भने कहाँ निस्कन्छ समाधान ? नीति भन्छ- अघि बढ्ने हो भने कसैलाई हटाउने होइन जुटाउने हिम्मत गर्नपर्दछ । आपसमा मिलेर अघि बढे खहरेहरू पनि समुद्रसम्मको यात्रामा सफल हुन्छन् छुटिन र फुटिन थाले ठूलै नदीलाई समेत अस्तित्व जोगाउन मुस्किल पर्दछ । अरुलाई पन्छाउँदै जाने हो भने मानिस विचारशून्यको अवस्थामा पुग्न बेर लाग्दैन । विचारलाई पनि उठ्न कसैको सहयोग चाहिन्छ । अरू केही नभए आकाश भने पनि भइदिन पर्छ । तर हामी भने यथासम्भव अरुलाई पन्छाएर नै अघि बढ्ने प्रयास गरिरहेका छौं ।

शायद हामी सबै निद्रामा छौं । जाग्नुपर्ने बेला निदाउने गरेका छौं निदाउनुपर्ने बेला जागा हुने गरेका छौं । हुन त यसो गर्नुपर्छ त्यसो गर्न हुन्न भन्ने गरेका पनि छौं र परस्परमा बुझ्ने र बुझाउने प्रयास पनि नगरेका छैनौं तर न भनेअनुसार गरेका छौं न गरेअनुसार भनेका छौं । बुद्धले अप्प दीपो भव भनेर गएको पनि थाहा छ कवीरले उठ, जाग होसमा आऊ भनेको पनि थाहा पाएका छौं तैपनि खोइकुन्नि किन हो चिर निद्रा त्यागेर होसमा आउन भने सकिरहेका छैनौं । हामीले खान त धेरै नै खोजेका छौं र शायद सकेसम्म एक्लै खान पाए हुन्थ्यो भन्ने पनि नसोचेका छैनौं तर धेरै खाने सपना देख्दादेख्दै खानै नपाइने दिन आउने हो भन्नेतर्फ भने ध्यान दिन भ्याएका छैनौं ।

विभाजन नै समग्र द्वन्द्वको मुहान हो भन्ने हामीमध्ये धेरैलाई थाहा छ तर विडम्बना त के भने आज दुनियाँको ध्यान त्यतैतिर आकषिर्त भइरहेको छ । भारत पाक विभाजनको घाउ अहिले पनि दुखेकै छ, पूर्व र पश्चिम पाकिस्तान विभाजनको घाउ अहिलेसम्म पनि चहर्‍याइरहेकै छ । सोभियत सङ्घ विभाजनले संसारमा के कति उथलपुथल ल्यायो युगोस्लाभियाको विभाजनले के कति नरसंहार गरायो सबैलाई थाहा भएकै हो । हस्तिनापुरको विभाजनले महाभारत गरायो, सुर र असुरमा आएको विभाजनले एउटै बाबुको सन्तानलाई लडायो तैपनि आश्चर्य छ मान्छेलाई विभाजन नै प्यारो लागिरहेको छ । कहिले के को विभाजन कहिले के को विभाजन अरु नभए विचारकै मात्र भए पनि विभाजन । जता हेर्‍यो त्यतै विभाजन, लाग्छ अब त मानिस विभाजन बिना बाँच्नै नसक्ने भइसकेको छ ।

यसो त द्वन्द्वलाई नरामै्र भन्न पनि हुँदैन र विभाजनलाई पनि हर अवस्थामा नराम्रो नै भन्न मिल्दैन । सृष्टि आफैँ पनि द्वन्द्वैद्वन्द्वकै विवर्त हो, विभाजन पनि सृष्टिकै निरन्तरता हो । एउटै बीज हजारौं दानामा विभाजित हुन्छ । एउटै बिरुवा हजारौ बीजमा विभाजित हुन पुगिरहेको छ । सिन्धु पनि विन्दु नै हो विन्दु पनि सिन्धु नै हो । घडा धेरै हुनसक्छन् माटो एउटै हो आकार धेरै हुनसक्छ आकाश एउटै हो । द्वन्द्व र विभाजन एकअर्काका पूरक हुन् जहाँ द्वन्द्व छ त्यहाँ विभाजन छ जहाँ विभाजन छ त्यहाँ द्वन्द्व छ । द्वन्द्वले विभाजनलाई निम्त्याउँछ विभाजनले द्वन्द्वलाई । तथापि हरेक कुराको एउटा हद र सीमा हुन्छ । प्रकृतिले अघि बढ्न विभाजनको रेखालाई स्वीकारेको छ भन्दैमा त्यसैको नक्कल गर्ने हो भनेे मानिसको अवस्था बाँदरको भन्दा भिन्न हुने छैन जसले मान्छेको दाह्री काटेको नक्कल गर्दा आफ्नै गालामा छुरी धसेको थियो ।

एउटालाई हटाएर कोही पनि अगाडि बढ्न सक्दैन । निषेधले कसैलाई पनि गन्तव्यमा पुग्न दिंदैन । कुनै कुरालाई रोक्नुछ भने रोक्नेतिर लाग्नै हुँदैन । जे छ त्यसैलाई स्वीकार्नुपर्छ हटाउने प्रयास गर्न हुँदैन । एकताभित्र अनेकता होइन अनेकताभित्र एकता खोज्नु नै बुद्धिमानी ठहर्छ । प्रकृतिमा शक्ति छ त्यसैले ऊ सदा एकबाट अनेकतर्फ उन्मुख भइरहेको हुन्छ तर मानिसमा त्यो शक्ति छैन । उसलाई एउटा चीज पाउन पनि अनेकको सहयोग आवश्यक पर्दछ त्यसैले उसको अभियान सदा अनेकताभित्र एकता खोज्ने नै हुनुपर्छ ।

हुन त स्वामी विवेकानन्दले आइलाग्नेमाथि जाइलाग्नुपर्छ भनेका छन् । पृथ्वीनारायण शाहले पनि करिब त्यस्तै भनेका छन् । वेद, पुराण, उपनिषद् आदि आध्यात्मिक ग्रन्थहरूले त झन् 'वीरभोग्या वसुन्धरा' कै आशय व्यक्त गर्दै आएका छन् । होला उनीहरूका भनाइ पनि आफ्नो स्थानमा ठीकै होला । महापुरुषहरूका वाणी हुन् त्यत्तिकै हावामा कहाँ बोलिएको होला र तर वास्तविकता के हो भने जतिबेलासम्म आइलाग्ने र जाइलाग्नेको व्यानरमा एकले अर्कोलाई सिध्याउने खेल जारी रहन्छ त्यतिबेलासम्म संसारमा अभाव र अशान्तिपरक समस्याको गाँठो भने परि नै रहन्छ । धर्मग्रन्थले भने, धर्मगुरुले भने भन्दै हामीले आइलाग्नेमाथि जाइजाग्न त राम्रै जानेका छौं र त्यस्तै परे आइलाग्नै पनि पछि परेका छैनौं तर आइलाग्ने र जाइलाग्नेको वातावरणै बन्न नदिनेतर्फ भने कसैले पनि ध्यान दिएका छैनौं ।