रबिन्द्र सर,
नमस्कार
तपाईको पार्टी नयां नेपाल निर्माण गर्ने पार्टी हुनुपर्छ । तपाईको पार्टीले सके सम्म अन्य राजनैतिक पार्टीलाई मर्ज गरी कम्तीमा २ पार्टी मात्र नेपालमा रहने कार्यशैली अपनाउनु आवश्यक छ । नेपालमा बेरोजगार अन्त्यको लागी सानाठूला कलकारखानको स्थापना,मानबीय र आधारभूत आवश्यकता प्राय: एकै खालको हुंदाहुंदै पनि निम्न स्तरका कर्मचारी र विशिष्ट श्रेणीका कर्मचारीलाई राज्यले प्रदान गर्ने सेवा सुबिधाको ठूलो अन्तरमा कमी ल्याउने,सके सम्म सबै सरकारी स्कुलहरुमा बोर्डिङमा जस्तै अंग्रेजी माध्यममा पठनपाठन र राजनैतिक दलका नेता,कर्मचारी र शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी स्कुलमा पठनपाठन गराउनै पर्ने बाध्यात्मक व्यबस्था लागु गरी राज्यले शिक्षामा गरेको लगानीको सदुपयोग र सरकारी स्कुलहरु मर्ज वा बन्द भई बोर्डिङ स्कुलहरुको बिस्तार र बोर्डिङ पढाउने बाहनामा सहरबजारमा बसाई सरी जग्गाको मूल्य आकासिने र खेतियोग्य जमिन घर घडेरीमा प्रयोग भईरहने प्रबृतिको अन्त्य लगायतका रचनात्मक र नयां कार्यक्रमहरु ल्याउनुहोस ,साच्चै नै तपाईको पार्टी सबै नेपाली जनताको साझा पार्टी हुनेछ । मेरो पनि शुभकामना एबं समर्थन छ ।
Wednesday, April 19, 2017
रबिन्द्र मिश्रलाइ चिठि.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment