Tuesday, March 14, 2017

ने क पा एमालेको राजनितिक इतिहाँस.


१. स्थापना
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा
भारतको कलकत्तामा भएको थियो । यसको उद्देश्य नेपाली समाजलाई सामन्ती र
पूँजीवादी शोषण–दमनबाट मुक्त पारी समाजवाद–साम्यवादतर्फ डो¥याउनु थियो ।
क. पुष्पलालद्वारा विश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपाली भाषामा
अनुवाद गरी त्यसको भूमिकामा नेपाली समाजको विश्लेषण गरेर वैचारिक आधार
निर्माण गरिएको थियो । पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायण बिलास
जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी संस्थापक सदस्य हुनुहुन्थ्यो ।
मोतिदेवी संस्थापक हो की होइन भन्ने विवाद रहेको पाइन्छ तर पार्टी गठन
गर्ने बैठकमा उपस्थित नरहनु भएपनि स्थापनाको दिन गठन गरिएको कमिटीमा
उहाँलाई पनि राखिएको हुँदा उहाँ संस्थापक सदस्य मानिनु हुन्छ ।
२. आधार र प्रेरणा श्रोत
नेपाल कम्युनिस्ट पार्टीको स्थापनाका आधार र पे्ररणा श्रोत निम्न प्रकार थिए ः
क) मुलुकमा अङ्ग्रेज नियन्त्रित जहानीयाँ राणाशाहीको चर्को शोषण–दमन ।
ख) राणाशाही विरोधी आन्दोलहरू । जस्तैः प्रचण्ड गोर्खा, शहीदपर्व,
बिराटनगर मजदुर आन्दोलन, जयतु संस्कृतम् आदि ।
ग) राष्ट्रियता र प्रजातन्त्रको निम्ति साँचो अर्थमा लड्ने पार्टीको अभाव ।
घ) अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकास र विस्तार ।
ङ) अक्टुबर क्रान्ति र दोस्रो विश्वयुद्धमा कम्युनिष्टहरूको प्रभावकारी भूमिका ।
च) चीनको जनवादी क्रान्ति र भारतीय स्वतन्त्रता सङ्ग्राम ।
३. गरेका मुख्य कामहरू
यस पार्टीले मुख्यतः राष्ट्रियता र प्रजातन्त्रका निम्ति निरन्तर सङ्घर्ष
गर्दै आएको छ । त्यसक्रममा निम्न कामहरू गरेको छ ।
२००७ को क्रान्तिमा सक्रिय योगदान र धोखापूर्ण दिल्ली सम्झौताको विरोध ग¥यो ।
२०११–१२ मा ठूला–ठूला किसान आन्दोलनहरू संचालन ग¥यो ।
२०१४ मा संविधानसभाको निर्वाचन गराउन माग गर्दै भद्र अवज्ञा आन्दोलन ग¥यो ।
२०१५ मा संसदीय चुनावमा सहभागी भई १०९ मध्ये ४७ मा उम्मेदवारी दिई ४
सीटमा विजय प्राप्त गरेर संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह
ग¥यो ।
२०१७ को फौजी काण्डको विरोध (माझीले बाहेक) ग¥यो ।
२० को दशकमा मेची, लुम्बिनी, गण्डकी र राप्तीमा अनेकौं प्रकारका
आन्दोलनहरूको संचालन ग¥यो ।
पंचायतका विरुद्ध अनेकौं आन्दोलनहरूको संचालन ग¥यो र ०४६÷०४७ को
आन्दोलनमा निर्णायक भूमिका निर्वाह ग¥यो ।
२०४८ को निर्वाचनपछि देशको प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह ग¥यो । ।
२०५१ मा संसदको सबैभन्दा ठूलो दल बनेर नौ महिना सरकार संचालन गरी
जनपक्षीय कार्यक्रम संचालन ग¥यो ।
२०५८ असोजपछि प्रतिगमन विरोधी आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह ग¥यो
। २०६२÷२०६३ को जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह ग¥यो ।
२०६४ चैत्र २८ मा सम्पन्न संविधानसभाको निर्वाचनमा नेपालका वामपन्थीहरूको
पक्षमा जनताको बहुमत रहेको जाहेर भएको छ र पुनः सरकारको नेतृत्व गर्ने
अवसर प्राप्त भएको छ ।
४. सम्मेलन, अधिवेशन, कार्यक्रम र नेतृत्व
प्रथम सम्मेलन– २००८ असोज ११–१६ कलकत्तामा प्रथम सम्मेलन सम्पन्न भएको
थियो । त्यसले जनवादी कार्यक्रम पारित गरेको थियो र महासचिवमा क.
पुष्पलाललाई छानेको थियो ।
प्रथम महाधिवेशन– २०१० माघ १३–१७ मा भूमिगत रुपमा पाटनको ग्वावहालमा
प्रथम महाधिवेशन सम्पन्न भएको थियो । त्यसले राजतन्त्रप्रति नरम
कार्यक्रम पारित गरेको थियो । र, क. मनमोहन अधिकारी महासचिव रहनुभएको
केन्द्रीय नेतृत्व छानेको थियो ।
दोस्रो सम्मेलन – २०१२ कार्तिक २१–२७ मा दोस्रो सम्मेलन सम्पन्न भएको
थियो । त्यसमा कार्यक्रममा परिवर्तन किन ? भन्ने दस्तावेज पेश भई
अस्विकृत भएको थियो । महासचिव मनमोहन अधिकारी हुनुहुन्थ्यो । २०१३
श्रावणमा मनमोहन अधिकारी चीन जाँदा केशरजङ्ग रायमाझी कार्यबाहक महासचिव
भए । त्यसपछि पार्टी दक्षिणपन्थी दिशामा गयो ।
दोस्रो महाधिवेशन– २०१४ जेष्ठ १४ मा, काठमाडौंको फोहरा दरबारमा दोस्रो
महाधिवेशन सम्पन्न भएको थियो । त्यसले गणतन्त्रात्मक कार्यक्रम पारित
ग¥यो तर महासचिव भने रायमाझी नै रहे ।
दरभङ्गा प्लेनम– २०१७ को फौजी काण्डपछि सोही वर्षको फागुनमा भारतको
दरभङ्गामा एउटा विशेष विस्तारित बैठक (प्लेनमा) सम्पन्न भयो । त्यसले
केशरजङ्ग रायमाझीलाई कारवाही गरी पार्टी संचालन गर्न केशरजङ्ग रायमाझी,
शम्भुराम श्रेष्ठ र डि.पि. अधिकारी रहेको तीन सदस्यीय सचिवालय गठन गरी ९
महिना भित्र तेस्रो महाधिवेशन गर्ने निर्णय ग¥यो ।
तेस्रो महाधिवेशन – २०१९ बैशाख ४–१५ मा वनारसमा अन्तर जोन सामञ्जस्य
समितिको आयोजनामा तेस्रो महाधिवेशन सम्पन्न भयो । त्यसले राष्ट्रिय
प्रजातन्त्रको कार्यक्रम पारित ग¥यो र महासचिव तुल्सीलाल अमात्य
रहनुभएको केन्द्रीय नेतृत्व चयन ग¥यो । त्यो महाधिवेशनपछि पनि विवाद जारी
नै रह्यो ।

तेस्रो सम्मेलन– २०२५ मा पुष्पलाल को नेतृत्वमा पार्टी पुनर्गठनको
प्रयासको थालनीका रुपमा तेस्रो सम्मेलन सम्पन्न भयो । त्यसले नयाँ जनवादी
कार्यक्रम पारित ग¥यो र क. पुष्पलालको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी
गठन ग¥यो ।

चौथो सम्मेलन– २०२९ मा तेस्रो सम्मेलनको निरन्तरताको रुपमा चौथो सम्मेलन भयो ।

चौथो महाधिवेशन– केन्द्रीय न्यूक्लियसको आयोजनामा २०३१ भदौ १–असोज ७ मा
सम्पन्न भयो । त्यसले देशभक्त र नतान्त्रिक शक्तिहरूको सरकारको कार्यक्रम
पारित ग¥यो, महासचिव मोहन विक्रम सिंह रहनु भएको केन्द्रीय नेतृत्व चयन
ग¥यो ।

चौथो महाधिवेशन– नेकपा (माले)को आयोजनामा २०४६ भदौ ९–१४ मा सम्पन्न भयो ।
त्यसले बहुदलीयता सहितको जनवादी कार्यक्रम तथा संयुक्त मोर्चा र संयुक्त
जनआन्दोलनको नीति पारित ग¥यो । महासचिव मदन भण्डारी रहनु भएको केन्द्रीय
नेतृत्व चयन ग¥यो ।

संयुक्त वाममोर्चा – २०४६ मा माले, माक्र्सवादी, संयुक्त,
प्रजातान्त्रिक, बर्मा, नेमकिपा, चौम मिली संयुक्त वाममोर्चा गठन भयो र
त्यस मोर्चाले आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह ग¥यो ।

पा“चौं महाधिवेशन– नेकपा (मसला) द्वारा २०४१ मा पाँचौ. महाधिवेशनको
आयोजना गरियो । त्यसले देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकारको
कार्यनीतिक नारा परित्याग गरी नयाँ जनवादी कार्यक्रम र सरकारको
प्रचारात्मक आन्दोलनमा जोड दिने नीति पारित ग¥यो ।

पा“चौं महाधिवेशन– नेकपा (एमाले)द्वारा २०४९ माघ १४–२० मा पाँचौं
महाधिवेशनको आयोजना गरियो । त्यसले जनताको बहुदलीय जनवादी कार्यक्रम
पारित गर्नुका साथै अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी
रहनुभएको केन्द्रीय नेतृत्व चयन ग¥यो ।

एकता महाधिवेशन– एकता केन्द्रद्वारा २०४९ मा एकता महाधिवेशनको आयोजना
गरिएको थियो । त्यसले माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने निर्णय
गर्नुका साथै नयाँ जनवादी कार्यक्रम र दीर्घकालिन जनयुद्धको कार्यनीति
पारित ग¥यो र पुष्पकमल दाहाल महासचिव रहेको केन्द्रीय नेतृत्व चयन ग¥यो ।

छैटौं महाधिवेशन– २०५४ माघ १२–१८, नेपालगंजमा नेकपा (एमाले) द्वारा छैठौं
महाधिवेशनन आयोजना गरियो । त्यसले जवजलाई निरन्तरता दियो । महासचिव
माधवकुमार नेपाल रहेको केन्द्रीय नेतृतव चयन ग¥यो ।

सातौं महाधिवेशन– २०५९ माघ १८–२३, जनकपुरमा नेकपा (एमाले) द्वारा आयोजना
गरियो । त्यसले पनि जबजलाई निरन्तरता दियो र महासचिवमा क. माधवकुमार
नेपाल नै रहनुभएको केन्द्रीय नेतृत्व छान्यो ।

आठौं महाधिवेशन– २०६५ फागुन ५–१४ मा बुटवलमा नेकपा (एमाले) द्वारा आयोजना
गरियो । त्यसले जबज मार्गदर्शक सिद्धान्त मान्ने निर्णय गर्नुका साथै
अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल रहनुभएको केन्द्रीय नेतृत्व
चयन ग¥यो । लोकतान्त्रिक विधिद्वारा नेतृत्व छान्ने काम गरियो ।

५. मदभेद, विभाजन र विभिन्न धारहरुको उदय

२००९ सालतिर पोलिट व्यूरोको बैठकबाट संस्थापक महासचिव पुष्पलाललाई अनायस
पदबाट हटाएपछि विवाद शुरु भएको देखिन्छ । प्रथम महाधिवशेनमा कार्यक्रमको
सवालमा मतभेद भएको देखिन्छ । दोस्रो सम्मेलनमा कार्यक्रममा परिवर्तन किन
? भन्नेसवालमा मतभेद भएको देखिन्छ । दोस्रो र तेस्रो महाधिवेशनमा
कार्यक्रम र कार्यनीतिको सवालमा मतभेद रहेको देखिन्छ । अन्तर्राष्ट्रिय
कम्युनिष्ट आन्दोलनका मतभेदहरू तथा सैद्धान्तिक, राजनैतिक सवाल र
पंचायती व्यवस्थाबाट रचिएका षड्यन्त्र तथा पद्धतिसङ्गत् ढङ्गले
अन्तरपार्टी सङ्घर्षको संचालन नगर्नु जस्ता कारणले विवाद र विभाजन
चर्कंदै गयो । नेकपा अनेकौं चिरामा बाँडियो । राजनीतिक, वैचारिक धारको
हिसाबले शुरुमा माझी धार, तुल्सीलाल धार, पुष्पलाल धार, मनमोहन धार र
मोहनविक्रम धार देखा परे । यी धारबाट पनि उप विभाजनहरू भए र नेपाली
कम्युनिष्ट आन्दोलन अनेकौं टुक्रामा विभाजित भयो ।

क) माझी धार

दोस्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीभित्र बहुमतमा रहेको यस
धारले केशरजङ्ग रायमाझीको नेतृत्वमा २०१७ को प्रतिगामी शाही कदमलाई
समर्थन ग¥यो र दरभङ्गा प्लेनममा संसदीय व्यवस्थाका निम्ति पहल गर्ने
कार्यनीति अगाडि सा¥यो । प्लेनमले यस धारका नेता रायमाझीलाई पार्टी
महामन्त्रीबाट मुक्त गरी सचिवालयको सदस्यमा राख्यो र नौ महिनाभित्र
तेस्रो महाधिवेशन सम्पन्न गर्न निर्देशन दियो । तर त्यस नेतृत्वले
महाधिवेशन गर्नेतर्फ जानै चाहेन । तेस्रो महाधिवेशनबाट यस धारका केशरजङ्ग
रायमाझी, डि.पी. अधिकारी र शम्भुराम श्रेष्ठलाई क्रमशः ३, २ र १ वर्षका
लागि पार्टीबाट निस्काशन गर्ने कारवाही भयो । २०२३ मा यस धारले अलग्गै
सम्मेलन गरेर अगाडि बढ्यो । यस धारमा विभाजन भई माझी समूह, मानन्धर समूह
र बर्मा समूह बने । माझी समूह पंचायतमा बिलिन भयो । बर्मा समूह नेकपा
(एमाले)मा एकीकृत भयो । मानन्धर समूह हाल नेकपा (संयुक्त) को रुपमा रहेको
छ ।

ख) तुल्सीलाल धार

दरभङ्गा प्लेनममा सार्वभौमसत्ता सम्पन्न संसदका लागि सङ्घर्ष गर्ने भन्ने
धारणा राख्नु भएका तुल्सीलाल अमात्यले प्रस्तुत गर्नु भएको राष्ट्रिय
प्रजातन्त्रको कार्यक्रम तेस्रो महाधिवेशनबाट पारित भयो र तुल्सीलाल
पार्टी महामन्त्रीमा निर्वाचित हुनुभयो । तेस्रो महाधिवेशनपछि
पार्टीभित्रको विवाद झनै चर्कियो । उहाँले “कुन बाटो ?” भन्ने पुस्तक
लेखेर आफ्ना धारणाहरू राख्नुभयो र उहाँ तत्कालिन सोभियत सङ्घ पक्षधर
धारको नेताका रुपमा चिनिनु भयो । तुल्सीलाल लामो समयसम्म उक्त धारमा
रहिरहनु भयो । २०५० मा यो धार बोकेको समूह सिङ्गै तुलसीलाल अमात्यकै
नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश ग¥यो ।

ग) मनमोहन धार

यो मनमोहन अधिकारीको नेतृत्वमा रहेको धार हो । दरभङ्गा प्लेनमको बेला
मनमोहन जेलमा हुनुहुन्थ्यो र प्लेनममा उहाँको कुनै खास धारणा रहेको थिएन
। तेस्रो महाधिवेशनमा पनि यो कुनै अलग्गै धार थिएन । २०२२ मा पूर्व कोशी
प्रान्तीय कमिटीले केन्द्रसँग सम्बन्ध विच्छेद गरी अलग्गै समूहका रुपमा
काम गर्न थाल्यो र त्यसले मनमोहनलाई आफ्नो नेता मान्यो । मनमोहन जेलबाट
छुटेपछि देशभित्रै खुला रहेर पंचायती व्यवस्थाका विरुद्ध गतिविधि गर्दै
रहने धारणा राखी चल्न थाल्नुभयो । २०२७ मा यही पूर्व कोशी प्रान्तीय
कमिटी अन्तर्गतको झापा जिल्ला कमिटीले विद्रोह गरी झापा आन्दोलन शुरु
गरेको थियो । यो धारसमेत मिलेर पछि नेकपा माक्र्सवादीको निर्माण भयो ।

घ) मोहन विक्रम धार

यो दरभङ्गा प्लेनममा संविधानसभाको निर्वाचनका निम्ति सङ्घर्ष गर्ने
कार्यनीति लिनुपर्छ भन्ने धार हो । यसका नेता मोहनविक्रम सिंह हुन् ।
यसले तेस्रो महाधिवेशनमा पनि उपर्युक्त मान्यता नै राख्यो । यसले २०२८
मंसिर २० मा केन्द्रीय न्यूक्लियस गठन गरी अगाडि बढ्यो । २०३१ भदौ २–असोज
७ मा चौथो महाधिवेशन गरी देजससको कार्यक्रम पारित ग¥यो र महामन्त्री
मोहन विक्रम सिंह रहनुभएको नेतृत्व चयन ग¥यो । यसले चीनमा प्रतिक्रान्ति
भएको ठहर गर्दै रिमको सदस्यता लिन पुग्यो र उग्रवामपन्थी धारमा उभियो ।
यही उग्रवामपन्थी धारबाट पछि नेकपा (माओवादी) को जन्म भयो । २०४० मा यो
समूह विभाजित भई चौम (लामा) र मसाल (एम.बी.) समूह बन्न गए । २०४२ मा मसाल
पुनः विभाजित भई मसाल र मशाल (बैद्य) बन्न गए । यी तिनै समुहले २०४६ मा
काङ्ग्रेससँग मिलेर आन्दोलन गर्ने कुराको विरोध गरे । “साम्राज्यवादी
बहुदल” भन्दै २०४७ को संविधानको पनि विरोध गरे । मसाल फेरि विभाजित भई
विद्रोही मसाल (बाबुराम)को निर्माण भयो । यो धार अहिले पनि मोहन विक्रम
सिंहकै नेतृत्वमा नेकपा (मसाल) को रुपमा रहेको छ ।

ङ) पुष्पलाल धार

यो दरभङ्गा प्लेनममा विघटित संसदको पुनस्र्थापनाका निम्ति सङ्घर्ष गर्ने
कार्यनीति लिनुपर्छ भन्ने धार हो । यसधारको नेतृत्व पुष्पलालले गर्नुभयो
। तेस्रो महाधिवशेनमा यस धारले विघटित संसदको पुनस्थापना र संयुक्त
जनआन्दोलनको कार्यनीतिमा जोड दियो । तेस्रो महाधिवेशनपछि पार्टी एकताबद्ध
भएर अगाडि बढ्न नसकी छिन्नभिन्न भएकाले पुनर्गठन गर्नुपर्ने भन्दै यस
धारले २०२४ बाट केन्द्रसँग सम्बन्ध तोडी अलग्गै गतिविधि गर्न थाल्यो र
२०२५ मा तेस्रो सम्मेलन गरी नयाँ जनवादी कार्यक्रम पारित गर्नुका साथै
नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्यो । २०२९ मा चौथो सम्मेलन गरी तेस्रो
सम्मेलनको निरन्तरता कायम गरियो । यसैबाट चोइटिएर रोहित समूह,
मुक्तिमोर्चा समूह, बर्रे सङ्घर्ष समूह आदिको जन्म भयो । पुष्पलालको
निधनपछि यो धार र मनमोहन धार मिली नेकपा

(माक्र्सवादी)को निर्माण भयो ।

६. एकीकरण र वर्तमान अवस्था

३० को दशकसँगै नेपाली कम्युनिष्ट आन्दोलनको पुनः एकीकरण प्रक्रिया सुरु
भयो र फेरि विभिन्न नयाँ धारको निर्माण हुनथाल्यो । त्यसक्रममा मुख्यतः
निम्न दुई धारहरू देखापरे ।

क) एमाले धार

२०३१ जेठ १४ मा झापा र मोरङ्गका क्रान्तिकारीहरूले एकताको निम्ति एउटा
अपिल प्रसारण गरे । त्यही अपिलबाट अगाडि बढेर २०३२ मा कोअर्डिनेशन
केन्द्रको गठन भयो । २०३४ मा मुक्तिमोर्चा समुह र ०३५ मा पूर्वको रातो
झण्डा समूह तथा दाङ्गको सन्देश समूह को.के.मा सामेल भए । २०३५ पुस ११ (२६
डिसेम्बर, १९७७) मा एक सम्मेलनबाट नेकपा (माले)को गठन भयो । २०३६ मा
गण्डकीको माले क्रान्तिकारी कम्युनिष्ट दल, अर्घाखाँचीका स्वतन्त्र
कम्युनिष्टहरू र नारायणीको माले अध्ययन समूह नेकपा (माले)मा सामेल भए ।
२०३७ मा क्रान्तिकारी कम्युनिष्ट सङ्गठन नेपाल (कोशी, जनकपुर र वागमती)
पनि सामेल भयो । २०३८ मा विद्रोही एकता केन्द्र (आजादको) र पर्वतका
क्रान्तिकारीहरू पनि सामेल भए । २०३९ मा बर्रे सङ्घर्ष समूह सामेल भयो ।
२०४० मा नेपाल मजदुर किसान सङ्गठन सामेल भयो । २०४६–४७ मा गोपाल शाक्य,
वाचस्पति देवकोटा आदि सामेल हुनुभयो । २०४७ पुस २२ मा नेकपा (माले) र
नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) को निर्माण भयो । २०४९ मा
मानन्धर समूहको एक हिस्सा (एमाले) मा सामेल भयो । २०५० मा तुल्सीलाल समूह
सामेल भयो । २०५१ मा मसाल, एकता केन्द्र आदिबाट थुप्रै साथीहरू सामेल
हुनुभयो । २०५४ मा एमालेमा विभाजन र २०५८ मा फेरि एकता भयो । यसरी
पहिलेका मनमोहन धार, पुष्पलाल धार तुल्सीलाल धार सिङ्गै तथा मोहन विक्रम
धार र केशरजङ्ग रायमाझी धारका केही हिस्सा समेत मिली हालको नेकपा (एमाले)
बनेको छ । यसले अगाडि सारेको जनताको बहुदलीय जनवाद अहिले नेपाली
कम्युनिष्ट आन्दोलनको मात्रै होइन, सिङ्गो नेपाली राजनीतिकै नेतृत्वकारी
विचार एवं सिद्धान्त बनेको छ ।

ख) माओवादी धार

२०४७ मा नेकपा (मशाल), चौ.म., सर्वहारावादी श्रमिक सङ्गठन (रुपलाल) र
विद्रोही मसाल (बाबुराम) मिली नेकपा (एकता केन्द्र) को निर्माण भयो ।
नेकपा (जनमुखी) पनि त्यसैमा सामेल भयो । त्यस समुहले “संयुक्त जनमोर्चा”
को नामबाट २०४८ को चुनावमा भाग लियो र ९ सिटमा विजयी बन्यो । यो समुह
पहिलेदेखि रिमको सदस्य भएकाले उसले यसलाई चुनावी कार्यनीति त्याग्न दवाव
दियो । यसले २०४९ मा एकता महाधिवेशन गरी बहुमतद्वारा ‘माओवाद’ लाई
मार्गदर्शक सिद्धान्त मान्ने नीति र दीर्घकालिन जनयुद्धको कार्यनीति
पारित ग¥यो । यो प्रचण्डको विचार थियो, निर्मल लामाले अगाडि सारेको
जनसङ्घर्षको नीति अल्पमतमा प¥यो । त्यसपछि निर्मल लामालाई पार्टी
सदस्यबाट नै निष्काशन गरियो । फलस्वरुप २०५१ मा विभाजन भई लामाहरूद्वारा
अर्को एकता केन्द्र गठन गरियो । प्रचण्डहरूले बैठकबाट पार्टी नाम
परिवर्तन गरी नेकपा (माओवादी) बनाए । २०५२ मा ४० सूत्रीय माग सहितको
अल्टिमेटम प्रस्तुत गरेकोमा फागुन ५ सम्मको अल्टिमेटम अवधि नसकिंदै २०५२
फागुन १ बाट सशस्त्र सङ्घर्ष शुरु ग¥यो । दश वर्षसम्म सशस्त्र सङ्घर्ष
गरी २०६२÷६३ को जनआन्दोलनदेखि फेरि शान्तिपूर्ण जनआन्दोलनको बाटोमा
फर्किएको छ । २०५४मा नेकपा (एमाले) विभाजन भएर बनेको (माले) बाट केही
कार्यकर्ता त्यसमा प्रवेश गरे । २०६५ मा नेकपा (मालेमा –एन.के. प्रसाईं)
सामेल भयो । २०६६ मा नेकपा (एकता केन्द्र)सँग एकता भई एनेकपा (माओवादी)
बनेको छ । पछिल्लो कालमा यसबाट चोइटिएर नेकपा (माओवादी) र क्रान्तिकारी
कम्युनिष्ट केन्द्र, नेपाल बनेका छन् । अहिले एनेकपा (माओवादी)
द्विविधाग्रस्त छ । निम्न सवालमा यो समुह अत्यन्त अन्यौलग्रस्त भयकाे देखिन्छ।

No comments:

Post a Comment