Sunday, March 19, 2017

नेपालको राजनितिमा युबा नेताको खाँचो - पुस्कर खड्का

नेपालको राजनीतिमा युवा नेता को खाँचो  _ पुस्कर खड्का

    राजनीति भन्ने विषय सबैलै बुझ्नै पर्ने विषय हो । राजनीतिक चेतना हरेक मान्छेमा हुनुपर्दछ । यदि राजनीतिक चेतना भएन भने हामीले दासत्वको जिन्दगी अंगाल्नु पर्ने सम्भावना बढ्दछ । जनतामा राजनीतिक चेतना भएन भने निरङकुशताले जरो गाड्दछ । त्यसैले प्रत्येक मानिसमा राजनीतिक चेतना हुनु आवश्यक छ ।
अधिकांश नेपाली नागरीकहरुलाई अहिले राजनीति भन्ने शब्द सुन्ने बिक्तिकै जरो आउँछ । केहि दशक अगाडि दशैंमा आमा–बाबुले टिका लगाएर आफ्ना छोरा–छोरीलाई आर्शिवाद दिदा ठूलो भएपछि मन्त्रि बनेश् भनेर आर्शिवाद दिन्थे, तर अहिले नेता र मन्त्री नबन्नु डाक्टर र इन्जीनियर बन्नु भनेर आर्शिवाद दिन थालेका छन् । नेपाली समाजमा पहिला राजनीतिज्ञहरुको सामाजिक मान र प्रतिष्ठा धेरै थियो तर अहिले राजनीतिज्ञहरुको मान र प्रतिष्ठा घट्दो क्रममा छ । यसका थुप्रै कारणहरु होलान् । त्यसमध्ये एउटा कारण हो “नेपाली राजनीतिमा युवाहरुको वर्तमान अवस्था” ।

युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रन्तिहरुमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले दर्शाउछ । नेपालको राजनीतिक इतिहासलाई केलाएर हेर्दा २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाहरुको भूमिका अतुलनीय रहेको पाईन्छ । विश्व राजनीति र नेपालको राजनीतिलाई तुलना गर्दा नेपाली राजनीतिमा ठूला–ठूला परिवर्तनहरु कम मानवीय एवं भौतिक क्षतिमा छोटो समयमा आन्दोलनको उपलब्धी प्राप्त भएको पाईन्छ तर उपलब्धीलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधै असफल भएको पाईन्छ । यसका पछाडि पनि थुप्रै कारणहरु हुन सक्छन्, त्यसमध्येको एउटा प्रमुख कारण भनेको “नेपाली राजनीतिमा युवाहरुको वर्तमान अवस्था” हो ।

क्षमतावान, प्रतिभावान र कर्मठ युवा नेताहरुको संख्या नेपाली राजनीतिमा धेरै मात्रामा छ तर उनीहरुको क्षमता र प्रतिभालाई दबाएर राखिएको अवस्था छ । युवाहरुलाई भूमिका दिनु पर्छ भन्ने संस्कृति नेपालका कुनै पनि राजनीतिक दलमा छैन भन्दा सायद फरक नपर्ला । कुनै युवा नेता चर्चित भयो भने उसलाई प्रेत्साहन गर्नुको सट्टा प्रतिस्पर्धीको रुपमा लिएर दवाएर राख्ने संस्कृति नेपालको राजनीतिमा विद्यमान छ । यस्तो संस्कृतिले युवा नेताहरुको राजनीति प्रतिको आकर्षणलाई झन् कमजोर बनाई राखेको छ । साथै नयाँ पिढी जो वर्तमान पिढी भन्दा हरेक क्षेत्रमा अब्बल छ त्यस्ता पिढीहरुलाई राजनीति प्रति वित्रिष्णा जगाई राखेको छ । अहिलेका युवा नेताहरुको अवस्था देख्दा कुनै पनि नयाँ पिढी राजनीतिमा प्रवेश गरेर आफ्नो भविष्य विर्गान चाहदैनन् र आफ्नोे भविष्य निर्माण गर्न युरोप र अमेरिका तिर प्रस्थान गर्दछन् । यस्ता क्षमतावान युवाहरु विदेश पलायन भएपछि देशको विकास कसरी सम्भव छ ? अनि हामीले अहिलेको संक्रमणकालिन अवस्थाबाट कहिले मुक्ति पाउने ? यस्तै अवस्था रहिरहने हो भने हाम्रा सन्ततिहरुले पनि नेपाललाई सक्रमणकालिन अवस्थाको देश कै रुपमा देख्नेछन् ।

साच्चै भन्ने हो भने नेपालको राजनीतिमा युवा नेताहरुको अवस्था दयनीय रहेको छ । जुन देशमा युवा नेताहरुको अवस्था दयनीय हुन्छ, त्यस देशको अवस्था पनि दयनीय नै हुन्छ । उदाहरणको लागि नेपाल । युवा आफ्नो कमजोरीका कारणले दयनीय बनेका होईनन्, नेपालको वर्तमान राजनीतिक संस्कारको कारणले दयनीय बनेका हुन् जसरी एउटा ठूलो बुढो रुखको ओगले नयाँ रुखलाई असर गर्दछ, त्यसैगरी नेपालको शिर्षस्थ भनौदा नेताहरुले युवा नेताहरुलाई स्वतन्त्रापूर्वक अगाडि बढ्ने वातावरण सिर्जना गरीराखेका छैनन् । अहिलेका युवा नेतालाई कुनै पनि दलको नेतृत्वदायी पदमा पुग्न कम्तिमा १५–२० वर्ष लाग्दछ, जुन बेला उनीहरु युवा नेता रहदैनन् र फेरी त्यहि चक्र शुरु हुन्छ । यसरी नेपालको वर्तमान राजनीति चलिरहेको अवस्था छ ।

यो परम्परालाई तोड्नु पर्छ र तोड्न खोज्ने केहि सिमित युवा नेताहरु छन् तर यो युद्ध जित्न केहि सिमीत युवा नेताहरु मात्र भएर पुग्दैन । यसका लागि राजनीतिक, गैह्र–राजनीतिक तथा सम्पूर्ण युवा नेताहरु एकजुट हुनु आवश्यक छ । नेपालको कुल जनसंख्याको ५० प्रतिशत हिस्सा ओगटेको युवा शक्तिले चाहेको खण्डमा यो सम्भव पनि छ । तर यसका लागि युवा नेताहरु विना स्वार्थ एकजुट हुनु आवश्यक छ । सधै माग्ने भएर बाच्ने हाम्रो परम्परालाई तोड्नु जरुरी छ अनि ठाउँ मात्र आगट्ने र काम गर्न नसक्नेहरुलाई राजनीतिबाट अबकाश दिईनु पर्दछ । अन्यथा देशको भलो हुने वाला छैन । जसरी कुनै पनि खेलमा आउट अफ फर्ममा रहेको खेलाडीलाई खेलाउदा पुरा टिमले जुन मुल्य चुकाउनु पर्छ त्यसैगरी काम गर्न नसक्ने नेतालाई पदीय जिम्मेवारीमा राख्दा राष्ट्रले त्यो भन्दा पनि ठूलो मुल्य चुकाउनु पर्छ । आज नेपालले त्यहि मुल्य चुकाईरहेको अवस्था छ । नेपालको राजनीतिमा पनि खेलमा जस्तै सन्यास लिने संस्कृतिको विकास हुनु जरुरी छ । आफ्नो अन्तिम सास रहेसम्म पदमा बस्ने लाल्चाले गर्दा आज देशको यो गती भइरहेको छ । यदि यहि परम्परा रहिरहने हो भने युवा नेताहरुले देशको नेतृत्व गर्ने अवस्था आउन धेरै गाह्रो छ । त्यसैले अव पदीय जिम्मेवारीमा बसि देश विकासमा योगदान पुर्याउन नसक्ने नेताहरुलाई राजनीतिबाट अवकाश दिइनु पर्दछ । जसरी फुटवल वा क्रिकेट खेलमा राम्रो खेल्न नसक्दा खेलाडीले अवकाश लिन्छ । साथै पदीय जिम्मेवारी पाउनको लागि पनि कडा  मेहनत र परिश्रम गर्नुपर्ने वातावरण निर्माण गरीनु पर्दछ, न कि कसैको गर्लफ्रेन्ड, भाइ, श्रीमती, सासु भएको नाताले जिम्मेवारी हाँसिल गरुन् ।

जवसम्म गरे मात्र फल पाईन्छ भन्ने संस्कृतिको यो देशमा विकास हुदैन तव सम्म यो देशमा युवा नेताहरुले अवसर पनि पाउदैनन् । किन कि युवा भनेकै ति व्यक्तिहरु हुन जो आफ्नो बल, विवेक, बुद्धी र श्रम प्रयोग गरेर देशको काँचुली फेर्न रमाउँछन् ।

Wednesday, March 15, 2017

आर्थिक बिकास,युवा राेजगारी र समुन्नत समाजका लागि युवा नेतृत्व, - पुस्कर खड्का

  विकास भनेको गतिशिल तथा निरन्तर रुपमा आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, प्रशासनिक, वातावरणीय क्षेत्रमा भएको सकरात्मक परिवर्तनको प्रकृया हो ।आम जनमासमा भएको सुखसुबिधा,रहनसहन,जीबनशैलीमा आएको परिबर्तनको कदम हो ।विकासका विभिन्न अबधारणाहरु सार्बजनिक भइरहेका छन ।कुनै पनि क्षेत्रको बिकास गर्दा हामी दिगो रुपमा सोच,बिचार र बहस गर्न जरुरी छ ।पर्याबरणीय आवश्यकता,पृथ्बीको बहन क्षमता,प्राकृतिक स्रोतको उपयोग,जस्ता विभिन्न कुराहरुमा हामीले ध्यान दिन सक्यौ भने टिकाउ र दिगो बिकास हुन सक्छ ।वाताबरण र बिकास एक अर्कामा सम्वन्धित कुरा हुन ।वाताबरण बिनास गरेर गरिएको बिकास लाई दिगो बिकास मानिदैन । वाताबरणमा भएका कुनै पनि पक्षलाई हानीनोक्सानी नपु¥याई सरल र सहज रुपमा गरिएको बिकास नै वर्तमान तथा भविश्यका लागि निकै उपयोगी मानिन्छ ।  

नेपालको आर्थिक बिकासको क्रम त्यति लामो छैन ।राणाकालका चरम आर्थिक शोषण परिरहेको बेला जनपक्षिय आर्थिक बिकास भएको पाइदैन ।बि.स २००७ मा राजा र प्रजाको सँयुतm प्रयासबाट राणा शासनको अन्त्य गरि प्रजातन्त्रको मिर्मिरे विहानि आएपछि आर्थिक क्षेत्रमा केहि गतिशिलता आएको अनुभब आम जनमासले गरिरहेका छन् ।नेपालमा आर्थिक रुपमा बिकासको सुरुवात भने बि.स २०१३ मा भएको मानिन्छ ।बि.स २०१३ पछिका बिभिन्न बिकास निमार्ण का बिभिन्न उदेश्य निधारण गरियो ।भौतिक पुर्वाधारबिकास,आर्थिक,सामाजिक ,कृषि,पर्यटन ,साँस्कृतिक,प्रशासनिक, वाताबरणीय, क्षेत्रमा लगानि बढाउन थालियो ।मानिसका जीवनस्तरमा सकरात्मक परिवर्तन हुने खालका बिभिन्न आयआर्जनका कामहरु पनि बिस्तार गरियो ।नेपालजस्ता अल्पविकसित राष्ट्रका लागि यी उदेश्यहरु अल्पअवधिमा पुरा गर्न सम्भब नभएपनि अझैसम्म निरन्तरता दिइरहेको पाइन्छ ।भौगोलिक विकटता,सुस्त बिकास गति,बिद्यमान गरिबि,अशिक्षा,अन्धविश्वास,क्षेत्रिय असन्तुलनको स्थिति एवं आर्थिक चुनौतिलाई दृष्टिगत गरि विकास निमार्णका कार्यमा जोड गर्न सकियो भने आर्थिक बिकास तिब्र रुपमा सम्भब छ ।  युवाहरु देश बिकासका मेरुदण्ड हुन ।आर्थिक,सामाजिक,राजनैतिक साँस्कृतिक, प्रशासनिक,वाताबरणीय,बिकासका संबाहक हुन् ।केहि नयाँ काम गरौ भन्ने जोश युवाहरुमा हुन्छ । सिर्जनशीलता,साहस,उच्च आत्मविश्बास जस्ता कारणहरुले युवाशक्तीलाई महत्वपुर्ण मानिन्छ ।

  सामान्यतया नेपालमा १६ देखि ४० बर्ष उमेर समुहलाई युवा मानिएको छ र यो संख्या कुल जनसंख्याको ४० प्रतिशत रहेको छ ।समाजमा सबैखाले परिबर्तन युबाहरुबाट नै सञ्चालित छन् ।यथास्थितीलाई छिचोल्दै समाजमा नयाँ दृष्टि र दिशा सञ्चालन गर्न काम युवाहरुको हो । समग्र क्षेत्रमा परिपक्व युकाहरुबाट भएका बिभिन्न उपलिव्धहरु धेरै छन् । बिकासको गतिसँगै युबाहरु आर्थीक, सामाजिक, प्राबिधिक रुपमा सक्षम हुन जरुरी छ । राजनैतिक स्वार्थ,जातिय,भेगिय,बर्गसंघर्ष, जस्ता बिभिन्न समस्याहरुबाट माथि उठेर युबाहरुले समाजमा परिबर्तनको बिज रोपि समृद्ध अनि समुन्नत नब नेपाल निमार्णको अग्रगतिमा अग्रसर हुनु अपरिहार्य छ । युबाहरुले बृहत सोच,एकता मेलमिलाप,सहकार्य बाट अगाडी बढेमा बिकासका काम सहज हुन्छ । देशमा सकारात्मक सोच भएका युवाहरु प्रशस्तै मात्रामा छन् तर सरकारले प्रोत्साहन गर्नुको साटो निरुत्साहन गरिरहेको छ ।जस्तै म्याग्दी जिल्लाका  युबा सामाजिक उघमी महावीर पुनले सबै गाँउलाई इन्टरनेटबाट जोड्न सफल भएका छन् ।उनको यो उपायले गाँउमै लगानी भित्र्यायो र प्रबिधि गाँउमै पुग्यो र अनी प्रसिद्ध मेगासासे पुरस्कारबाट सम्मानीत भए । हालसालै उनले राष्टिय आविस्कार केन्द्र स्थापना गदैछन् । उनका यो अभियान का लागि उनले सरकार समक्ष धेरै पटक सहयोगको लागि आग्रह गरे तर सरकारले कुनै चासो देखाएन । सुचना र प्रबिधिले नै देश शक्तिशाली हुन्छ भन्ने बलियो इच्छाशक्ति भएका महावीर अहिले आम जन्ताको घरदैलो बाट लाखै रकम संकलन गरिरहेका छन् । बिभिन्न क्षेत्रका युबाहरुको प्रत्यक्ष साथ तथा समर्थन पाइरहेका छन् ।हामीकहाँ धेरै महाबिरहरु छन् । कुनैबेला महाकबि लक्ष्मीप्रसाद देबकोटाले भनेझै हाम्रा कयौ सेक्सपियरहरु पहाडमा हलो जोतिरहेका छन् ।हो हाम्रा कयौ युबाहरु बेरोजगारीको चपेटा मा परिरहेका छन् । नेपालबाट बैदेशिक रोजगारिका लागि लाखौ युवाहरु बिदेशतिर पलायन भइरहेका छन् ।सक्षम र शिक्षित युबाहरु पलायन हुदाँ असक्त,वालबालिका,महिला,बुढाबुढी को भरमा देशले गति लिन सकेको छैन ।वैदेशिक रोजगारिले नेपालमा सिमित रेमिटान्स त भित्र्याउला तर दिगो तथा भरपर्दो भने कदापि हुन सक्दैन ।त्यसैले अबको बिकल्प भनेको युबाहरुले नै स्बदेशमा केहि र्सिजनात्मक,रचनात्मक रोजगारिका अबसरहरु सिर्जन गर्नु हो ।उधोगधन्दा,कृषि,पर्यटन,जलबिधुत,जस्ता विविध क्षेत्रहरुमा लगानि बढाउनु पर्दछ । युबाहरुले नेतृत्ब लिई अशिक्षित बेरोजगार युवाहरुलाई रोजगारी दिलाउनु पर्ने आबश्यकता देखिन्छ । आर्थिक बिकासको प्रचुर सम्भावना बोकेको कृषि क्षेत्र बैज्ञानिक,आधुनिक तथा ब्याबसायिक हुन सकेको छैन ।नेपालमा कृषि गणना २०६८ अनुसार कुल घरपरिवारको करिब ३८ लाख ३१ हजार घरपरिबार वा ७१ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन् तर बिडम्बना कृषि क्षेत्रमा लागेका मानिसहरुको उत्पादक्त्तब ज्यादै न्युन छ ।नेपालमा कृषि लाई ब्याबसायिक उद्योग का रुपमा लिन सकिएको छैन ।अहिलेसम्मको कृषि प्रणालि नाफामुखि भन्दा निर्वाहमुखि प्रकृतिको छ । आगामी दिनमा सरकारले युबाहरुलाई लक्षित गरि कृषि सम्बन्धी बिभिन्न नीती तथा कार्यक्रमहरु जस्तै कृषि शिक्षामा बिशेष सहुलियत,कृषि तालिम,सहज ऋणको सुविधा,कृषि परामर्श र उत्पादनको वजारको ग्यारेन्टी गर्न सकेमा कृषि क्षेत्रमा बेरोजगार युवाहरुलाई आर्कषण गर्न सहज हुन्छ ।तसर्थ परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई आधुनिक,ब्यावसायिक,एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालिमा रुपान्तरण गरि दिगो बिकासका माध्यमबाट जीवनस्तरमा सुधार आउनु जरुरी छ  । राष्टलाई समृद्ध बनाउने आधारहरु धेरै छन् । प्रर्यटन बिकास पनि आर्थिक बिकासको मेरुदण्ड हो ।नेपालमा प्रर्यटन बिकास दृष्टिले हामी सामु विभिन्न सम्भावनाहरु छन् । प्राकृतिक सुन्दरता,ऐतिहासिक धार्मिक स्थल,पर्यापर्यटन,साँस्कृतिक विविधता,कृषि पर्यटन,युद्ध पर्यटन,लगायत बहुआयामीक क्षेत्रहरु छन् । यस्ता विभिन्न पर्यटकिय गन्तव्यहरु पहिचान,अध्ययन,अनुसन्धान गरि प्रचारप्रसार को आवश्यकता देखिन्छ । नेपालमा सोचेअनुसारको बिकासको गति लिन सकेको छैन । विश्व को उच्च शिखर सगरमाथा,शान्तिका अग्रदुत गौतम वुद्ध को जन्मभूमी लुम्बिनि,पबित्र धामिक स्थल पशुपतिनाथ,विभिन्न निकुञ्ज,नदीनाला,कला सस्कृति,जस्ता धेरै सम्भावनाका विविध क्षेत्रहरु छन् ।पर्यटकहरुका लागि उचित बास्थान,सेवासुबिधा,सुरक्षा जस्ता बिभिन्न कुराहरुको बन्दोबस्त मिलाउन सकिएको छैन ,उनीहरुले चाहेको जस्तो वाताबरण सृजना गर्न सके नेपालमा बिदेशी पर्यटकहरु भित्रिन्छन र देशले आर्थिक रुपमा मुहार फेर्छ र देशबासीको जिवनस्तर मा पनि आर्थिक रुपमा परिबर्तन हुन्छ ।त्यसैले पर्यटन क्षेत्रमा लगानि गरि व्यबसायिकरण गर्नु जरुरी छ ।   आर्थिक बिकासको महत्वपुर्ण खुडकिलो भनेको उद्योग,जलबिधुत पनि हो । स्वदेशमै उत्पादन भएका कच्चापदार्थलाई स्बदेशमै भएका उद्योगधन्दा प्रयोगमा ल्याउदा स्थानीहरुले रोजगार पाउँछन । उद्योगलेहरुले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनहरुको अधिक्तम प्रयोग गर्ने भएकाले चौतर्फी मानिसहरुले रोजगारीका अवसरहरु प्राप्त गर्न सक्छन । त्यसैले बिभिन्न ठाँउहरुमा साना,मझयौला तथा ठुला उद्योगधन्दा सन्चालन गरिनु पर्दछ । कृषकले उत्पादन गरेको कच्चापदार्थ लाई स्थानीय स्तरमै उद्योगधन्दा प्रयोगमा ल्याउदा हजारौ स्थानीय युबाहरुले रोजगार पाँउछन् ।देशको अर्थतन्त्र परनिर्भर भइरहेको बेला स्बदेशी उद्योगधन्दा ले पनि महत्वपूर्ण भुमिका खेल्न सक्छन । त्यस्तै लेपाल जलस्रोतको हिसावले विश्वको दोस्रो धनिदेश हो । तर बिडम्बना यहाँ माग अनुसारको पानी उपयोग गर्न सकिएको छैन । दिनमै १६÷१७ घण्टा लोडसेडिङको मारमा परी रहेका छौ । सोचे अनुसारको जलविद्युत निकाल्न सकिएको अवस्था छैन । बगिरहेको पानीको सही सदुपयोग गरी हजारौ यूवा यूवतीहरूलाई रोजगारीका अवसर सृजना गरी देश लोडसेडिङ मुक्त बनाउन सकिन्छ । यसको लागी पूजी लगानी गरीनु पर्दछ । आर्थिक क्षेत्रमा आर्थिक लगानी बढाउन सकेमा उद्योग जलबिधुत क्षेत्रले छिट्टै विकासको फड्को मार्न सक्छ । हामीले जलविधुतमा लगानी गरी विदेश तिर विद्युत निर्यात गर्न सके आर्थिक रूपमा निकै बलियो हुन्छौ । हामी बलीयो हुनु भनेको देश बलियो हुनु हो । देश आर्थिक रुपमा बलियो हुनु भनेको आम मानिसको जिवन स्तर बलियो हुनु हो ।     अन्तमा, हामी आर्थिक रुपमा बलियो हुनु जरुरी छ । बिभिन्न सम्भावनाहरुले भरिपूर्ण क्षेत्रहरुमा आर्थिक लगानि गरि स्बदेशमै स्बरोजगारका अवसरहरु सिर्जना गरौ,सिर्जनशिल सोच,जोश,जाँगर र सिप भएका युबाहरुलाई मलजल गरि बिकासपथमा अग्रसर गराई समृद्ध नब नेपाल निमार्णको कार्यदिशामा लम्किनु जरुरि छ । बिकल्प बिनाको बिरोधले समय बर्बाद हुन्छ ।अब हामी राम्रो कामको समीक्षा भन्दा विश्वास,टिकाटिप्पनी भन्दा प्रशंसा गर्ने बानीको विकास हुनु जरुरी छ ।हामीसँग भएको सिप,क्षमता,लगानि को सदुपयोग गदै अरुलाई पनि आकर्षित गर्दै अघि बढनुपर्छ ।यसबाट समग्र नेपालको सम्भाबनाहरुलाई खोज,अध्ययन,अनुसन्धान गरि समृद्धिमा बदल्न सकिन्छ ।   

Tuesday, March 14, 2017

राजनितिमा किन होमिदै छ सबिन? ?


नेताहरुले बदनाम बनाएको नेपाली राजनितिमा किन हाम फाल्दैछ ?

                            _ सबिन खड्का

देशमा राजनितीक अस्तव्यस्तता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै तथाकथित प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाइ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरुमा सामान्य नैतिकता समेत लोप भईसकेको कुरा कथित राजनितिककर्मिहरु कै बिधी र व्यबहारबाट उजागर भईसकेको छ । सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निस्वार्थ समाजसेवा हो जसलाई माध्यम बनाएर आफुले अगालेको चिन्तनलाई परिश्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान हो राजनितिक थलो । जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस । जसरी अब्राहम लिङकन, नेल्शन मण्डेला र महात्मा गान्धीजस्ता नेताहरू युगौसम्म ईतिहाँसले कदर गरेको छ र गरिरहने छ ।

समाज परिबर्तनको लागि बितेका केहि शताब्दीहरुमा विश्वभर भएका विभिन्न क्रान्तिका अभ्यासहरुलाई हेरियो भने बिस्तारै विकसित र परिस्कृत हुँदै गएका विभिन्न व्यक्ति र उनिहरुले प्रतिपादन गरेका सिद्दान्तहरुको विशेष र अहम भुमिका रहेको पाईन्छ । जस्तो कि फ्रान्सेली क्रान्ति, बेलायतको औधोगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम देखि लिएर कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादी कम्युनिज्म र जसलाई प्रयोग गरि भएका रुसमा लेनिनको रुसी क्रान्ति, चीनमा माओत्सेतुङले गरेका चिनियाँ क्रान्तिहरुको महत्त्वपूर्ण भुमिका रहेको थियो । उता दक्षिण अफ्रिकामा नेल्शन मण्डेलाको रङ्गभेदी आन्दोलन या तत्कालीन समयमा विश्वलाई आफ्नो अधीनमा राख्नेवाला बेलायती साम्राज्यवादको विरुद्धमा भारतमा महात्मा गान्धीले चलाएको जागरण हालको आधुनिक विश्वका लागि अनुकरणीय उदाहरण बनेका छन । यी उदाहरणीय योगदानहरु आजको विश्वले अनुसरण गरेका राजनितिक विचारधारा र प्रेरणाको रुपमा प्रयोगमा प्रतिपादित “वाद”हरु बन्न पुगेका छन ।
समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायतका नाममा खोलिएका विचार समुहहरु आज राजनितिक दलको रुपमा चिनिन्छन् । जसको उद्देश्य नितान्त निस्वार्थ समाज परिवर्तन र विकासको लागि योगदान गर्ने र जनताले दिएका जिम्मेवारी पूरा गर्ने हुनुपर्छ ।

समाज, समय या बिचार सबै गतिशील बस्तुहरु हुन त्यसैले बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजानु जरुरि हुन्छ जो राजनितीमा पनि लागू गर्न आवस्यक हुन्छ त्यसैबाट नयाँनयाँ बिचारहरुको प्रतिपादन हुन्छ त्यो नै सफल हुनेछ र त्यस्तै बिचारहरुलाई ईतिहाँसले जीवित राख्नेछ । फेरि माथि उल्लेखित महान बिचारक र क्रान्तिका मोडेलहरु अभ्यास भएका युगहरुको आवस्यकता र अहिलेको युगको सामाजिक राजनीतिक आवस्यकता र चिन्तनको रुपरेखा बदलिएको अवस्थामा हिजोका युगमा सफल ठहरिएका विचार र वादहरुको हुबहु अभ्यास गर्ने मोडलका राजनितीहरु विश्वभर असफल बन्दै गएको अबस्था छ । अर्को अर्थमा भन्नुपर्दा १९ औँ र बिसौँ शताब्दी मुलतः हातहतियार र औद्दोगिक क्रान्तिको युग थियो तर आजको विश्व यी चिजहरुको अलावा वैज्ञानिक सुचना र प्रबिधीको युग बनिसकेको छ । यस अर्थमा त्यतिबेला गर्ने क्रान्तिका मोडल र यतिबेलाको परिस्थितिजन्य आवस्यकता नितान्त फरक छ र हुनुपर्दछ ।

यस परिप्रेक्ष्यमा नेपाली राजनितीलाई दाजेर हेर्ने हो भने नेपाली राजनितिक बिचारधाराका स्रोतहरु पनि कुनै न कुनै रुपमा माथि उल्लेखित वादहरु नै रहेका छन । जसलाई परिस्कृत बनाउदै समय र धरातल सुहाउँदो ढंगबाट प्रयोग नगरिएको कारण बेलाबखत उच्च अपेक्षा र ठूलो बलिदान दिईएर आएका परिवर्तनहरु क्षणिक र असफल साबित भए जसको पछिल्लो उदाहरण माओवादीहरुले १० बर्षसम्म दशौँहजारको बलिदानबाट प्राप्त परिवर्तन संथागत हुन नसक्नु रहेको छ । हुनत कुनैपनि वाद आफैमा पुर्ण हुदैनन जसलाई अभ्यास गर्ने र नेतृत्व गर्ने ब्यक्ति र परिपाटीमा पनि भर पर्दछ । उनिहरुको उदेश्य पुर्ण रुपमा जनतामा समर्पित हुनुपर्नेमा त्यो देखिएन नेपाली राजनितिको मोडालिटिमा । उता सफल राजनितिज्ञमा हुनुपर्ने आधारभुत विद्दता, दक्षता अनि ईमानदारिता र नैतिकताको खडेरी छ नेपाली कथित राजनेताहरुमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भिडको मात्रै नेता बन्ने अत्यन्तै संकिण चिन्तन त नेपाली नेताहरुको सबैभन्दा नराम्रो रोग बनेको छ । एक अर्कोको सम्मान र सहअस्तित्वको भावना पनि शुन्य छ । यसअर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनितीको केन्द्रमा रहेका कुनैपनि राजनितिक खेलाडीहरुमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ ।

राजनितीलाई त्याग र सेवाको माध्यमको रुपमा नलिई विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजि शान र हैकम जमाउने थलोको रुपमा लिने नेताहरू जनताको आखाँमा कसरी सफल बन्नेछन् । झनै हालको नेपाली राजनितीलाई हेर्दा नेता भनौदाहरुको चरम अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटक पटक ढाटेर सत्ताको शैर गरिसकेका निर्लज्ज प्राणीहरुको भिड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेडा बनाउन निर्लज्ज लागिपरेका छन । सत्तामा रहनेहरु रोग भोक र चरम गरिबिको शोकमा डुबेका कर्णाली लगाएतका जनतालाई हेर्न हेलिकप्टरबाट ओर्लेर आफुलाई कुनै स्वर्गको दुत आएको भान छरेर फर्किन्छन । जनताले प्रयोग गर्ने सेवा सुविधा नेताले अमेरिका बेलायत पुगेर भोग गर्छन । जनताले सिटामोल पाउदैनन् नेताले भिटामिनको कमि भएको शिर्षकका करोडौं राष्ट्रिय ढिकुटिबाट निकालेर आफ्ना श्रीमतीलाई बिदेश घुमाउन लैजान्छन । जनताका छोराछोरीले देशमै साक्षरता छैन नेताहरु आफ्ना छोराछोरीलाई सरकारको ढिकुटी रित्याएर आफ्नो जात थर नै परिवर्तन गरेर छोराछोरीलाई दलित बनाएर बिदेशी महङ्गा कलेजमा पढाउछन ।
पछिल्लो समयमा राजनैनिक नैतिकतालाई नेताहरूले विभिन्न बहानामा झनै गिराएका छन् । कहिले संङ्क्रमण काल त कहिले द्वन्द व्यवस्थापनका नाममा राज्यकोषबाट खुलेआम ब्रह्मलुट मच्चाएका छन । देशका विभिन्न संवैधानिक र स्वतन्त्र निकायदेखि गाउँका सामान्य विद्दयालय र विभिन्न संघसंस्थालाई समेत राजनितीक भागवण्डाको थलो भनाएका छन् । गाउँको बिद्यालयमा एउटा शिक्षक नियुक्ति गर्न देखि व्यवस्थापन समिती गठन गर्नको लागि विभिन्न राजनितीक घम्साघम्सी हुन्छ । सीप र दक्षता हेरेर प्रतिस्पर्धाका आधारमा भन्दा कुन पार्टीको कार्यकर्ता भर्ति गर्ने भन्ने बिषयमा लडाइँ हुन्छ । त्यतिमात्र नभएर स्वतन्त्र मानिने न्यालयमा न्यायाधीश नियुक्तिमा पनि भागवन्डा गरिन्छ । देशका कर्मचारीलाई पनि कुनै न कुनै राजनीतिक रङ्ग लगाईन्छ । प्रत्येक पटक हरेक सालजसो परिवर्तन हुने सरकार नै पिच्छे कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न नदिने अवस्था श्रृजना गरिन्छ । सबैभन्दा दुखलाग्दो कुरा त के छ भने देशको चौथो अङ्ग भनेर चिनिएको पत्रकारिता जगत पनि राजनितीबाट अलग छैन । कुनै पनि पत्रकार यस्तो छैन जो कुनै न कुनै राजनितीक दलको पक्षपोषण नगर्ने होस । यस्ता पत्रकारिताले के जनताका पक्षमा आवाज उठाउछ ? भ्रष्टाचारी नेताको गुनगाण गाउने पत्रकारिताले कसरी दुरदराजका जनताको आबाज बोल्न सक्छ ? जसले नेतालाई खबरदारी गर्नुपर्नेमा आफैं त्यहि नेताको भरौटे पेशाको वकालत गर्छन । देशका हरेक सञ्चार माध्यममा दिनहु कुन पार्टिको नेताले के भने कुन कार्यक्रम उद्घाटनमा गए, कसकसलाई के गाली गरेर कुन उखान र टुक्कामा अरुको उचाई घटाएर आफ्नो उचाई बढेको बद्ख्वाई गरका जस्ता बिषयबस्तुलाई ठुलो तस्विर समेत राखेर प्रमुख समाचारको रुपमा ब्रेकिङ न्युज भनेर प्रकाशन प्रसारण गरिन्छन । त्यस्तै नेताले के खाए, कोकोसँग भेट गरे कहाँ घुम्न गए जस्ता बेकार फाल्तु बिषयबस्तुलाई समाचार बनाउछन । तर जनतालाई भोकमरि, रोगमहामारि, मगङ्गी ले ग्रसित भएका र पिडा र वेदना भरिएका दुखसुख र खोजमुलक सामाग्रीहरु भलै लेख्छन होला तर कहिलेपनि यस्ता समाचार र बिषयबस्तुलाई प्राथमिकता दिईदैन । यसैबाट थाहा हुन्छ कि देश चलाउने पहरेदारी खबरदारि दिने र सेवा सुबिधा दिेने निकायहरुको निश्पक्षता कहाँसम्म छ भन्ने !

देशका कर्मचारी देखि विभिन्न निकाय र संघसंस्थामा राजनितीक पक्षपोषण गर्ने विभिन्न राजनितीक दलप्रति बफादार ट्रेड युनियनहरु खोलिएका छन । यस्तो भएपछि कसरी कुनै कर्मचारी, मजदुर पेशागत व्यवसायीले आफ्नो मर्यादाको हितमा काम गर्न सक्छन । गाउँगाउँमा प्रत्येक पार्टीका छुट्टाछुट्टै विद्यालय, सहकारी र संघसंस्थाहरु हुन्छन । पलानो पार्टीको बिद्यालय फलानो पार्टीको सहकारी भनेर चिनिन्छन । यसरी मुलुक पुर्णरुपमा फोहोरी राजनितीले नराम्ररी जेलिन पुगेको छ । जहाँजहाँ जसको शक्ति र सामर्थ्य स्थापित गर्न सफल भएका छन त्यहाँ त्यहाँ सम्बन्धित राजनितीक दलको मनोमानी चलेको छ । देशमा लामो समयसम्म लम्बिएको सङ्क्रमण काल र द्वन्दले थपिएको जटिलताका कारण पनि देशभर यस्तो मनपरितन्त्रले नराम्ररी जरा गाडेको छ । जसको प्रत्येक्ष प्रभाव परेको छ मुलुकको विकास निर्माणका गतिविधिमा पनि । हरेक ठाउँमा आआफ्नो राजनितिक दलको स्वार्थमा विकासको लागि छुट्टिएको रकम झ्वाम हुन्छ ।

यसका अलवा राजनितिले भ्रष्टाचारी र अपराधीलाई अत्यन्त सुरक्षित आश्रय दिएको छ । जसका कारण भ्रष्टाचारी र अपराधीहरुको मनोबल बढेको हुन्छ । यथार्थमा भन्ने हो भने यस्ता अपराधी र भ्रष्टाचारीहरुको कृपाले दलको राजनिती टिकेको छ । चन्दा आतंक, लुटपाट, हत्या, अपहरणका घटनामा देशका ठुलाठुला नेताहरूको प्रत्येक्ष हात भएको पटकपटक प्रमाणित भएको छ । यस्ता अपराधीलाई कारबाही त कता हो कता केही सच्चा र कर्तव्यनिष्ठ प्रहरी र कानुनको फन्दामा परेका अपराधीहरू पनि रातारात राजनीतिक जोडबलमा छुटाईन्छन । त्यतिमात्र नभएर प्रहरीको वान्टेडमा रहेका ठुल्ठुला गुण्डा र अपराधीलाई राजनिक दलहरूले उच्च पदमा आसिन गराई पालेर राखिएका छन् ।

हुनत हरेक राजनितिक दलहरु र समाजमा राम्रो छवि र असल आचरणका क्षमतावान व्यक्तिहरु पनि प्रसस्तै छन उनिहरुले विभिन्न पदमा रहेर राम्रो काम गरेर पनि देखाएका छन । तर यहाँ महत्त्वपूर्ण कुरा र विडम्बना के छ भने त्यस्ता व्यक्तिलाई कुनैपनि महत्त्वपूर्ण जीम्मेवारीमा पुर्‍याइदैन यदि पुगिहाले पनि ईमान्दारीता पुर्वक काम गर्न दिईदैन या कुनै न कुनै रुपले असफल बनाउन लागि पर्छन् । दहीको साची बिरालो भनेझैँ जो ठुलो अपराघी र भ्रष्चाचारी हो उसैलाई मन्त्री या सम्बन्धित निकायमा पुर्याएर सबै मिलेर ब्रह्मलुट मच्चाउछन । यि यस्ता चरित्रहत्या गर्न  पनि सबिन त्यै फोहोरि मैदानमा राजनिति नामको खल खेल्न हाम फाल्दैछ ।

यसरी सधै विभिन्न रुपमा अस्तव्यस्त रहेको मुलुकमा आर्थिक गतिविधिहरु ठप्प प्राय छन् । भएका उद्योगलाई पनि राजनीतिक थलोमा परिणत गरेर बन्द गरिदैछन । त्यसमाथि विभिन्न दलका स्वार्थ सिद्ध गर्नका लागि गरिने बन्द हडतालको चपेटामा परेका छन् । फेरि सधैंको लोडसेडिङ र चुलिएको महङ्गीको त झनै के कुरा गरौं र ! फलस्वरूप देशमा भित्रिने बैदेशिक लगानी र सहयोगको मात्रा निराशाजनक हुदो छ । यसरी हतोत्साहित भएका स्वदेशी पुँजी र दक्ष जनशक्तिको पलायन बढेको बढ्यै छ । देशमा केहि गरिखाने उपाय नभेटेपछि निराशा र कुण्ठा बोकेर हजारौं युवाहरु बिदेशिन बाध्य छन । अप्रत्यक्ष रुपमा हेर्ने हो भने देशमा व्याप्त अन्योल र अभावले खड्केको नैरस्यताले नेपालीहरुको चिन्तन खलबलिएको छ ।

देशमा हरेकपटक राजनितिक परिवर्तनको लागि जनताको धेरै ठूलो योगदान र सहभागिता रहेको छ । जतिपनि ठुलाठुला परिवर्तनहरु भए त्यसमा जनताको प्रत्येक्ष संलग्नता रहेको छ ।  आज देशको सँबिधान पुर्णतया असफल हुने बिन्दुमा पुर्‍याउने पनि हालका ठुला भनौदा राजनितिका खेलाडीहरुका आपसी तछाडमछाड र सत्ता स्वार्थ प्रमुख रुपमा जीम्मेवार छन् । अबत लाग्छ नेपालका राजनिति दलहरुमा जनताको भरोसा र बिस्वस्नियता शुन्य भईसकेको छ । उनिहरुमा गैरजिम्मेवारीपन र अनैतिकताको पराकाष्ठा निघिसकेको छ । जसका कारण बेलाबखत बैकल्पिक शक्ति र नयाँ बिचारको कुराहरु समेत उठेका छन् । तर कुरा फेरि उहि बिषयमा टुंगिन्छन कसले नेतृत्व गर्ने र के एजेन्डा बनाउने भन्ने !

हुनत बिकास र परिवर्तन भन्ने चिजहरु राजनीतिबाट मात्रै प्राप्त हुने कुराहरु भने हैनन । तर हाम्रोजस्तो मुलुकमा बिकासका लागि आवश्यक आधारभुत शान्तिसुरक्षा, लगानीको ग्यारेन्टी, लगानीकर्ताहरुलाई चाहिने उत्साहित र आकृष्ट गर्ने बाताबरणको अभाव आदि कुराहरूलाई देशको अस्तव्यस्त राजनितिले आक्रान्त पारेको छ । देशका शैक्षिक संस्था, सरकारी गैरसरकारी संघसंस्था, स्वास्थ्य संस्था र उद्योग व्यवसायहरु अस्वभाविक राजनीतिक हस्तक्षेपबाट ग्रसित छन् । राजनितीले भ्रष्टाचार र अपराधलाई प्रशय दिएको छ । र समाजमा राजनितीलाई अन्यत्र क्षेत्रमा केही गर्न नसकेर पैसा र शक्तिको आडमा प्रयोग गर्ने अन्तिम थलोको रुपमा लिईने गरिएकोले नेपालमा राजनीति आज स्वयं बदनाम बनेको छ । यस अर्थ राजनिति बिकाशको बाधक हैन, यसलाइ बिकाशको पुर्बाधार साबित गर्न म यिनै नेताहरुले बदनाम बनायको त्यै पुरानै राजनितिमा नयाँ उमङ्ग बोकेर हााम फाल्दैछु ।