जिवन के हो?
जिबन के हो? यसलाई कसरी जिउनु पर्छ भन्ने बारेमा आजसम्म हज्जारौं लेखकहरुले सयकडौं भाषामा तिनकाकलमहरुले कोरिसकेका छन अनुसन्धान कर्ताहरुले जिबनकै बारेमा धेरै कठोर अध्यन र परिक्षण गरे तिनीहरुले छुट्टाछुट्टैै सिद्दान्तहरु स्थापित गरि फेरि पनि अझ झन गहन अनुसंधान गर्दैछन् विभिन्न धार्मिक आस्थाहरु र तिनका अनेकन आध्यात्मिक क्षेत्रबाट पटकपटक जिबनको बारेमा बताइयो भनियो सुनाइयो हज्जारौं कथाकारहरुले आआफ्नो मानसिक स्वभाव अनुसार भिन्न भिन्न चरित्रहरु प्रस्तुत गरे जिबनको बारेमा लाखौ चलचित्रहरु बने अझैसम्म बन्दैछन करोडौं साहित्यकारहरुले आफ्ना सृजनाका पानाहरुमा आआफ्नै कृतिले जिवनको बारेमा फरफकरक मतहरु दर्ज गराए अनगिन्ती कबिताहरु जिबनकै बारेमा लेखिए कोरिए र बाचन गरिए अनगिन्ती संगीतकारहरुले हरेक सुमदुर संगितका भाकामा जीवनलाई मिठा गलाहरुले आआफ्नै रुपमा गाएर प्रस्तुत गरे तरपनि मान्छेलाई अझैसम्म बास्तवमा जीवन् के हो त भनेर सबैलाई एउटा उत्तरले चित्त बुझाउन निक्कै कठिन छ कसरी जिउन पर्छ भन्ने कुरामा पनि सबैको एकमत पक्कै हुन्न। हरेक क्षेत्रका ज्ञाताहरुलाई सोध्दा फरक फरक उत्तर पाइन्छ वैज्ञानिकहरुको अर्कै छुट्टै किसिमको राय छ आदर्शवादी हरुको अलग्यै भनाइ छ हरेक प्राणिहरुको अनुहार फरक फरक भएजस्तै बिचार र भावना पनि त्यस्तै फरक फरक खालकाछन सायद यहि सत्य हुनुपर्छ त्यस्तै हरेक धार्मिक आस्थाका सिद्धान्तले पनि आआफ्नै तरिकाले जिवनको बारेमा भिन्न भिन्न रुपले वर्णन र ब्याख्याहरु गरेकाछन।एउटा सम्पन्न मान्छे जसले आफ्नो जीवन शैलीको बारेमा व्याख्या गर्दा भन्ने शव्दहरु र प्रस्तुति गर्ने तरिकामा र एउटा गरीब मान्छेले उसको आफ्नोे जीवन के हो कस्तो छ त्यसको वर्णन गर्ने तरिकामा आकाश र धर्तिको जत्तिकै फरकछ हुन्छ होला अपांग र रोगीले गर्ने जिबन ब्याख्या सामान्य मान्छेको भन्दा निक्कै फरक हुन्छ | प्रेमलाई विश्वास गर्नेहरुको छुट्टै मत छ.... एउटा लक्ष्य चुमेको खेलाडीले गर्ने ब्याख्या र हारेको खेलाडीले गर्ने ब्याख्यामा फरक पक्कै होला त्यस्तै भोको पेट र नाङ्गो शरीरले गर्ने ब्याख्या अघाएकाहरुको भन्दा भिन्न हुन्छ। जीवन मोक्ष प्राप्तिका लागि तय गरिएको अत्यन्तै महत्त्वपूर्ण यात्रा हो तर धेरै मान्छेहरु बिचमै अलमल छन जीवनलाई भौतिक सुखको खोजिमा र प्रातिमा रुपान्तरण गर्दैमा ठीक्क हुन्छ अचेल मान्छेहरु आध्यात्मिकवादमा त्यतिको विश्वास गर्दैन सबै थोक किनेर पाइन्छ भन्छन् धर्म,इज्जत,संमान र प्रतिष्ठा किन्नेहरुको बिगबिगी छ बेच्न बसेकाहरु उत्तिकै छन धेरैका शुन्दर जिवनहरु अन्धाधुन्ध गरिने भविस्यवाणी हरुलाई पत्याउदा छियाछिया भएकाछन | एउटा धेरै पुरानो सत्य घटना हो सायद यो धेरै पटक दोहोरीयो होला एकजना महान ज्वोतिष जसले धेरै मान्छेहरुका भोलिका भविस्यहरु बारे निकै महँगो शुल्क लिएर बताउने गर्थे सामान्य मन्छेले त उनलाई भेट्न सम्म सक्दैन थिए एकदिन आकाशको बारेमा निकै गहन अध्यन गर्दै माथी माथी हेर्दै हिडेका थिए एक्कासि उनी पुलबाट गम्ल्याङ्ग तल नदिको पानीमा खसे उनी निकै आत्तिए बउनलाई बचाउन कोहि आएनन् नदिमा पानीको बहाव निक्कै तिव्र थियो पानीले उनलाई बगाएर निकै परसम्मान पुर्यायो भाग्यबस एउटा डुङ्गामा माछा मार्दै गरेको माझिको नजर तिनमा पुग्यो त्यो बेलासम्म उनी जिवित थिए ज्वोतिषिले धन्यवाद दिदै माझीलाई भने म को हो चैन्छौ मलाई? उसले उत्तर दिन नपाउदै उनैले भने म ठुलो ज्वतिष हुँ मैले एकपटक कसैको भविस्य हेरे भने त्यसले दक्षिणा दिन हम्मेहम्मे हुन्छ तर आज तिमिले मलाई बचाएर त्यो दक्षिणा म तिमिलाई माफ गरिदिन्छु भोलि फुर्सद मिल्दा आउनु ज्वतिषको कुरा सुनेर माझीले भने तिमिले आफ्ना खुट्टाहरु कहाँ चल्दैछौ भन्ने सम्म थाहा नपाउने मान्छेले के मेरो भविस्य हेर्छौ बरु अब आफ्नो बाटोमा हिड्दा राम्रोसँग हेरेर हिड्नेगर भनेर सम्झायो आफ्नो भविस्यको बारेमा एक मिनेट पछि के हुन्छ भनेर सम्म जान्न नसक्नेले अरुको जिवनको बारेमा कसरी भन्न सक्छन् मान्छेको जीवन कुनै ज्वतिषले पढ्न सक्ने सामान्य किताब होइन तिनले कोर्दैमा वा तिनीहरुले भन्दैमा त्यो त्यस्तै हुने। धार्मिक आस्थाले मान्छेलाई अनन्त ज्ञानको मार्गमा लैजान निक्कै मद्दत गर्छ तर हाम्रो निकै गहिरो छाप बोकेको एउटा सामाजिक प्रचलन छ उमेर गुज्रिएर बल्ल आध्यात्मिक क्षेत्रमा लाग्ने जवानी र बल हुँदासम्म पाप र कु-कर्म गर्ने उमेर सकिए पछि धर्म किन्ने यो सबैभन्दा खतरनाक विकृति हो त्यसैले भनिन्छ उमेरमै धर्म गर्नु बुढेसकालमा त्यसको फल खानुपर्छ।मान्छेहरु जतिसुकै सम्पन्न भए पनि दुखीछन कोहि सम्पत्तिको मोहमा कोहो त्यो जोगाउन यहाँ ठुलाठुला कृति सृजना गर्नेहरु पनि उस्तै दुखीत छ्न कतै त्यो हराउने पो होकि कसैले चोरी पो गर्छन् कि भरेर दुखी छन कोहि बल्लतल्ल फेलापारेको सुख गुम्छ कि भनेर दुखित छन कोहि सन्तानको पिरमा कोहि प्रेममा कोहि बिछोडमा नराम्राहरु राम्रो हुन आशामा राम्राहरु अझ धेरै राम्रो कसरी हुने भन्दै दुखिछन। जिबनको सबैभन्दा ठुलो परिभाषा सन्तोषहो सन्तोष भागवत प्राप्तिको मुल बाटोहो जीवनको सबैभन्दा अमुल्य चिज जसलाई एकपटक प्राप्त गर्ने खोज्ने मान्छेहरु मुख्य द्वारको अत्तोपत्तो नहुँदा पूरा जीवन अनायासै सकिदिन्छन। सन्तोष सबैभन्दा सजिलोसँग प्राप्त हुने ईश्वरको सबैभन्दा ठुलो आशिर्वाद हो न यो कुनै ज्वतिषले दिनसक्छ न कुनै भौतिक सुबिधाजन्य साधनको प्रयोग बाट प्राप्ति हुन्छ न त कसैले उपहारमा कसैलाई दिनसक्छ। सन्तोष यसरी प्राप्त गर्न सकिन्छ सबैभन्दा पहिला आफ्नो आत्मालाई शुद्ध पार्नुपर्छ मस्तिष्कमा आध्यात्मिक चिन्तनको विजारोपण अनिवार्य गराउनुपर्ने हुन्छ मान्छेले कुन धार्मिक आस्थामा विश्वास राख्छ त्यो ठुलो वा महत्त्वको कुरा होइन किन भने सबै खोला नदिनालाहरु एउटामात्र सागरमा गएर बिलय भएजस्तै हरेक आध्यात्मिक बिचारहरुको पनि मिलन बिन्दु एकैछ। मस्तिष्कबाट उत्पादन हुने हरेक पलका सकारात्मक तरंगहरु र नकारात्मक तरंगहरुमा कहिल्यै तुलना गर्नहुँदैन नाफा नोक्सानीको हिसाबले झन तनाब उत्पन्न गराउछ त्यसले अर्कै बाटोमा लैजान्छ सधै सकारात्मक तरंगहरुको पिछा गर्नुपर्छ पटकपटक यसैगरी निरन्तर कोसिस गरिरहदाहो केही दिनमै एउटा आनंद प्राप्त अनुभुती मिल्नेछ तो नै संतोषहो त्यो नै जिवनको सहि परिभाषाहो त्यो नै सबैभन्दा उपलब्धिहो त्यो वास्तविक सम्पत्ति हो हरेक मनमा लालचका हज्जारौं तृष्णाहरु क्षण क्षणमा भिन्न भिन्न स्वरुपमा जन्मिएका हुन्छन कोहि प्राप्ति सम्म जीउँदै रहन्छन कुनैकुनै समय बस्तु स्थिति अनुसार आफै मरेर जान्छन अति आवस्यक भन्दा अरुलाइ पूरा गर्न राम्रो हुँदैन यस्तो प्रयोगले मनबाट उत्पदन हुने लालचको संख्यामा धेरै नियन्त्रण हुन्छ सन्तोष यहीँबाट सुरुहुन्छ। हरेक मान्छेहरु जस्तै म पनि एउटा सामान्य मान्छे हुँ मलाई पनि एउटा लालचले पिछा गरिरहेकोछ त्यो मेरो एउटै लालच जिबन लक्ष्य मोक्ष प्राप्त गर्ने हो त्यसैले भोलि त्यस्तै परिस्थिति आएको खण्डमा यदि कसैले मलाई प्रश्न गरेर तेरो अन्तिम इच्छा के छ लौ भन भनेर सोध्छ भने म निर्धक्क साथ त्यो भन्नेछु मेरो फोटोमा समवेदना होइन शुभकामना लेखियोस् किन कि म मोक्ष प्राप्त गर्न चहान्छु त्यसैले त्यो मेरोलागी ठिक हुनेछ भन्नेछु त्यतिबेलाका तिनै शुभकामनाहरु मेरा लागि आशीर्वाद सरह हुनेछन। साहित्य: समय र परिस्थिति अनुसार सामान्य मान्छेको अन्तर्मनबाट आकस्मिक बिष्फोटन हुने चमत्कार हो जसलाइ सँगाल्न सकियो भने जिबन सजिलै परिबर्तन हुन सक्छ ।
Sunday, February 5, 2017
जिबन के हो? ? - सबिन भाइ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment